उपराष्ट्रपति पुनको भेनेजुएला भ्रमणलाई स्वीकृति

उपराष्ट्रपति पुनको भेनेजुएला भ्रमणलाई स्वीकृति

काठमाडौंः सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको दक्षिण अमेरिकी मुलुक भेनेजुएला भ्रमणलाई स्वीकृति दिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आउँदो असोज १ र २ गते भेनेजुयलाको मागारिता टापुमा हुने असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा जाने उपराष्ट्रपति पुन नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए।

नेपाल लामो समयदेखि असंलग्न आन्दोलनमा संलग्न रहँदै आएको छ। असंलग्न मुलुकको १७ औँ शिखर सम्मेलन यसअघि इरानको राजधानी तेहरानमा भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.