२४ शैक्षिक संस्था र तीन सय १६ जनालाई पदक

२४ शैक्षिक संस्था र तीन सय १६ जनालाई पदक

काठमाडौं: अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३७औं राष्ट्रिय शिक्षा दिवस बिहीबार विविध कार्यक्रम गरी मनाइएको छ ।

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट अंक हासिल गरेका तीन सय १६ जनालाई पदक प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गरिन् ।

स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विधावारिधि उपाधि पाएका एक सय ९० जनालाई 'क' श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको छ । कार्यक्रममा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट स्नातकोत्तर तहमा विभिन्न विषयमा प्रथम स्थान हासिल गरेका ८१ जनालाई 'ख' श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको छ । स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट स्नातक तहमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेका १५ जनालाई 'ग' श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको छ ।

नेपालभित्रका विश्वविद्यालय, प्रतिष्ठान तथा परिषद्बाट स्नातक तहतर्फ विभिन्न विषयमा प्रथम भएका २६ जनालाई नेपाल छात्रा विद्या पदक तथा नेपालभित्रका विश्वविद्यालय, प्रतिष्ठान तथा परिषद्बाट प्रमाणपत्र तह वा सो सरहमा प्रथम श्रेणीमा प्रथम भएका चारजनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट गत वर्ष स्नातकोत्तर तहअन्तर्गत बिजनेस स्टडिज विषयमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरी 'ख' श्रेणीको विद्याभूषण पदक पाएका रामहरि पाण्डेले उपयुक्त अवसर पाएमा आफूहरूले अध्ययनबाट सिकेको सीपलाई मुलुक विकासमा सदुपयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा आर्जन गरेको सीप मुलुकको विकासमा खर्च गर्न अनुरोध गरिन् । मुलुकलाइ अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रतर्फ लैजान शिक्षाको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उनले समयअनुसार शिक्षा प्रणाली पनि परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।

शिक्षा दिवसकै अवसरमा गत वर्ष उत्कृष्ट नतिजा हासिल गरेका विद्यालय तहदेखि उच्च तहका २४ वटा शैक्षिक संस्थालाई पुरस्कृत गरिएको छ । सामुदायिक विद्यालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कार कास्कीको शीतलादेवी माध्यमिक विद्यालय र संस्थागततर्फ ललितपुरको जेम्स स्कुललाई प्रदान गरिएको छ । पुरस्कारको राशि दुई लाख रुपैयाँ, सिल्ड र प्रमाणपत्र छ ।

त्यस्तै सामुदायिक विद्यालयतर्फ क्षेत्रीय पुरस्कार पाउनेमा पूर्वाञ्चलबाट वरुणेश्वर माध्यमिक विद्यालय ओखलढुंगा, मध्यमाञ्चलबाट नारायणी मोडेल मावि चितवन, पश्चिमाञ्चलबाट गणेश मावि बाग्लुङ, मध्यपश्चिमाञ्चलबाट गुरु मावि मुगु तथा सुदूरपश्चिमाञ्चलबाट भगवती मावि डोटी छन् ।

दुर्गम क्षेत्रतर्फ खुम्जुङ माध्यमिक विद्यालय पुरस्कार सोलुखुम्बुलाई प्रदान गरिएको छ ।

संस्थागततर्फ विद्यालयमा पूर्वाञ्चलबाट बालकल्याण विद्या मन्दिर विराटनगर, मध्यमाञ्चलबाट लिटिल एन्जल्स स्कुल ललितपुर, पश्चिमाञ्चलबाट मदरल्यान्ड स्कुल कास्की, मध्यपश्चिमबाट तुलसी आवासीय मावि दाङ र सुदूरपश्चिमबाट इन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुरले पुरस्कार पाएका छन् । क्षेत्रीय पुरस्कारको राशि ५० हजार रुपैयाँ, सिल्ड र प्रमाणपत्र छ ।

विराटनगरको बालकल्याण विद्या मन्दिरले गत वर्ष पनि पूर्वाञ्चलबाट क्षेत्रीय पुरस्कार प्राप्त गरेको थियो । रुपन्देहीको कालिका उच्च माविलाई माध्यमिक विद्यालय ध्वजा र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट छनोट भई पुरस्कृत भएका शिक्षण संस्थामा कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी रुपन्देही, जनज्योति उच्च मावि सुर्खेत, मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ, श्रीमेडिकल एन्ड टेक्निकल कलेज चितवन, लुम्बिनी मेडिकल कलेज एन्ड रिसर्च सेन्टर पाल्पा, वेस्टर्न हस्पिटल बाँके र सेती महाकाली नर्सिङ क्याम्पस कञ्चनपुर पनि पुरस्कृत भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.