बसको ठक्करले पैदल यात्रुको मृत्यु

बसको ठक्करले पैदल यात्रुको मृत्यु

विराटनगरः पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कोसीहरैंचा नगरपालिका ९ इन्द्रपुरमा यात्रुबहाक बसको ठक्करबाट शुक्रबार बिहान एक महिलाको मृत्यु भएको छ ।

झापाको काँकडभित्ताबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ७०८३ नम्बरको बसले ठक्कर दिंदा पैदलयात्रु ३३ वर्षकी पदमकुमारी भट्ट (घिमिरे) को मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए ।

भोजपुरको षडानन्द नगरपालिका ४ की भट्टको घटनास्थलमै मृत्यु भएको हो । बसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बसका चालक फरार छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.