सेलेनालार्इ डिप्रेसन !

सेलेनालार्इ डिप्रेसन !

हलिउडकी चर्चित कलाकार सेलेना गोमेज पोहोर साल लुपुस नामक छालासम्बन्धी समस्याबाट ग्रस्त भइन् । गत वर्ष नै सम्पूर्ण उपचार गराए पनि औषधिको साइड इफेक्टका कारण उनी यति बेला तनावमा छिन् ।

छालाका लागि सेवन गरेको औषधिको साइड इफेक्टका कारण उनले चिन्तित रहने, डर लाग्ने समस्याबाट ग्रस्त भएको बताउँदै आएकी छन् । गत साता प्रसिद्ध 'पिपुल' म्यागेजिनलाई दिएको अन्तर्वार्तामा उनले आफूले एकदमै डिप्रेसन अनुभव हुने गरेको बताएकी थिइन् ।

कुनै कारणबिना पनि चिन्तित रहने, डर लागिरहने भएका कारण उनले सम्पूर्ण काम थाती राखेको बताएकी थिइन् । उनले रिभाइभल वल्र्ड टुरबाट पनि केही समयका लागि वि श्राम लिएको अन्तर्वार्ताका क्रममा बताएकी छन् ।

लुपुस नामको छालाको संक्रमणबाट गत वर्ष एकदमै समस्या परेको र यसैले धेरै समस्या निम्त्याएको उनले बताएकी हुन् । सेलेनाले भनेकी छन्, 'म आफैं यसलाई निको बनाउने प्रयासमा छु । मेरो स्वास्थ्य र खुसीका लागि म केन्द्रित भएर काम गर्छु । त्यसैले म सम्पूर्ण काम थाती राखेर आफूलाई दुरुस्त बनाउने प्रयासमा छु ।'

उनले आफ्नो शारीरिक तथा मानसिक अवस्था कस्तो छ, त्यसको ख्याल सबैले गर्नुपर्ने र लुकाएर राख्न नहुने बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.