कलेजोमा बोसो जम्ने समस्या
कलेजोमा केही मात्रामा बोसो हुनु स्वाभाविक हो तर यो १० प्रतिशतभन्दा बढी छ भने यसलाई कलेजोमा बोसो जमेको मानिन्छ । कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । यसका लागि बिरामीले रहनसहन जीवनशैली र खानपानमा भने परिवर्तन गर्नुपर्ने हुन्छ । कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको छ ।
रक्सीको कारणले बोसो जम्नुः यो धेरै वर्ष धेरै मात्रामा रक्सीको सेवन गर्नाले हुने रोग हो । यो रोग लागेको केही वर्षमा कलेजो सामान्य अवस्थामा फर्कनसमेत गाह्रो हुने र सिरोसिस हुन सक्छ । सबै रक्सी सेवन गर्नेलाई यो समस्या नहुन पनि सक्छ तर तुलनात्मक रूपमा पुरुषहरूभन्दा बढी महिलाहरूमा बढी देखिने गरेको छ ।
लक्षणहरू
सुरुवातमा लक्षणहरू नदेखिन पनि सक्छन् तर कलेजोमा बोसो जमेपछि यी प्रारम्भिक लक्षणहरू देखा पर्छन् ।
. छिट्टै थाक्नु ।
. खाना खान मन नलाग्नु ।
. वाकवाकी लाग्नु ।
. तौल कम हुँदै जानु ।
. दाहिने कोखामुनि दुख्नु ।
. रातो नसाहरू छालामा देखिनु ।
कलेजो बिग्रँदै गएमा क्रमशः थप लक्षणहरू देखिन थाल्छन् ।
. स्मरण शक्ति कम हुनु ।
. शरीर पहेँलो हुँदै जानु र जन्डिस हुनु ।
. गोडा र पेट सुन्निनु ।
. बाँझोपन र नपुंसक हुनु ।
. मुखबाट र शरीरको अन्य भागबाट रगत आउनु ।
. शरीर सुक्दै जानु ।
निदानः
यसको निदानका लागि चिकित्सकले बिरामी र बिरामीको आफन्तलाई विभिन्न प्रश्नहरू सोधेर यसको निदान गरिन्छ ।
जस्तैः
. कति वर्षसम्म रक्सी सेवन गरेको ?
. कति मात्रामा रक्सी सेवन गरेको ?
. रक्सी दिनदिनै सेवन गर्नुपर्ने वा नपर्ने ?
. पहिलेको भन्दा रक्सी सेवनको मात्रा घटे नघटेको ?
. दैनिक काममा बाधा परे नपरेको ?
. बिहानै उठ्नेबित्तिकै पहिले रक्सी सेवन गर्नै पर्ने वा नपर्ने ?
. अन्य नशालु लागूऔषध सेवन गर्ने गरे नगरेको बारे ?
. पारिवारिक रोगहरू र अन्य रोगहरूबारे ?
परीक्षणः
. कलेजो फियो बढ्नु ।
. स्तन बढ्नु ।
. पेट सुन्निनु ।
. गोडा सुन्निनु ।
. हात रातो हुनु ।
. रातो माकुराजस्तो नसा छालामुनि देखिनु ।
. जन्डिस हुनु र शरीर पहेँलो हुनु ।
. अन्डकोष सुक्दै जानु ।
प्रयोगशाला परीक्षणः
. सीबीसी ।
. कलेजोको जाँच— लिभर फङ्सन टेस्ट
. अल्ट्रासाउन्ड – यूएसजी ।
. पेटको सिटी स्क्यान ( एब्डोमिनल सिटी )
. हेपाटाइटिस बी र सी, आइरन प्रोफाइल, एएनए, लिपिड प्रोफाइल, बायोप्सीलगायतका परीक्षणहरू जसले अन्य कारणहरू छुट्याउन सजिलो हुन्छ ।
. फाइब्रो स्क्यान ।
रक्सीबाहेक अन्य कारणले कलेजोमा बोसो जम्नुः
. यो समस्या वयष्क उमेरमा बढी देखिन्छ ।
. तौल बढी भएमा ।
. मधुमेह रोग भएमा ।
. रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा ।
. उच्चरक्तचाप भएमा ।
. खास किसिमका औषधिहरूको सेवनका कारण जस्तैः स्टेरोइड, एस्पिरिन, एमियाडोरोनलगायतका केही औषधिहरूको सेवन ।
. भाइरल हेपाटाइटिस ।
. मेटाबोलिक रोगहरू ।
. अटोइम्युन रोगहरू ।
. छिट्टै वजन घटाउन खाना कम गर्दा, कुपोषणका कारण ।
गर्भवती महिलामा यो रोग कम देखिन्छ तर भेटिएको खण्डमा बच्चा र आमा दुवैका लागि खतरापूर्ण हुन्छ ।
उपचारः
. यसको उपचारको सबैभन्दा महŒवपूर्ण पाटो भनेको जीवनशैली परिवर्तन गर्नु हो ।
. रक्सी सेवन पटक्कै नगर्ने ।
. रक्सी सेवन गर्न छाडेको दुईतीन सातामा कलेजोमा जम्मा भएको बोसो सामान्य अवस्थामा आउँछ ।
. ताजा र पोषिला खानेकुरा खाने ।
. दिनहुँ व्यायाम गर्ने ।
. मोटोपन भएमा हप्ताको एक पाउन्डको हिसाबले तौल कम गर्दै लैजाने र डाइटिसियनको परामर्श लिएर खानालाई सन्तुलित बनाउने ।
. अन्य समस्याहरू जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएमा तिनलाई नियन्त्रणमा राख्ने ।
. हेपाटाइटिस र निमोनियाविरुद्धको खोप लगाउने ।
. डाक्टरको सल्लाहबाहेकको औषधि सेवन नगर्ने ।
. रोगको कारण र अवस्था हेरी डाक्टरले थप उपचार गर्न सक्नेछन् ।
अन्त्यमा,
धेरैजसो कलेजोमा बोसो जम्नुलाई सामान्य रूपमा लिने गरिन्छ । यो कलेजोको रोगको रूपमा परिणत हुने सम्भावना अत्यन्त न्यून हुन्छ । समयमा नै विचार पुर्याउन सकिएन भने र यसलाई नियन्त्रण गर्न सकिएन भने यसले सिरोसिसजस्तो भयानक रोगको रूप लिन सक्दछ ।
त्यसैले मधुमेह, कोलेस्ट्रोल, उच्चरक्तचापलाई नियन्त्रणमा राख्नु जरुरी छ । त्यसैगरी मोटोपन र बढी तौल भएकाहरूले हरेक महिना दुई किलोका दरले आफ्नो तौल घटाउनुपर्ने हुन्छ ।
रक्सी सेवन गरेको लामो समय भयो, यसको लत लागेको छ र रक्सी सेवनको मात्रा पनि बढी छ भने त्यसलाई तुरुन्त बन्द गर्नुपर्छ ।
-लेखक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट, ग्यास्ट्रोइन्टेरोलोजिस्ट, थेराप्युटिक इन्डोस्कोपिस्ट तथा हेपाटोलोजिस्ट हुन् ।