नाचगानमा हिँडेका व्यक्ति मृत भेटिए

नाचगानमा हिँडेका व्यक्ति मृत भेटिए

गुल्मी: गुल्मीको जैसीथोक–५ का एक व्यक्ति मृत फेला परेका छन्।

बिहीबार साँझ जैसीथोक गाउँ विकास समिति–४ स्थित छापेखोलामा ३७ वर्षीय जनक पोखरेल मृत अवस्थामा फेला परेका हुन्।

यही भदौ २१ गते साँझ घरबाट नाचगानमा हिँडेका जनक घर नफर्किंदा घरपरिवारले खोजी गरिदिन स्थानीयवासीसँग आग्रह गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख भोला रावलका अनुसार चाडपर्वको समयमा साथीभाइसँग मदिरा सेवन गरी झगडा गरेको प्रारम्भिक चरणमा खुल्न आएको छ।

रावलका अनुसार उनी अत्यधिक मदिरा सेवन गरी भिरबाट लडेको हुनसक्ने बताइएको छ। झगडा गर्ने सातजनालाई नियन्त्रणमा लिइएको छ। शवपरीक्षणका लागी जिल्ला अस्पतालमा ल्याइँदैछ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.