एमालेको सरकारलार्इ प्रश्न, ‘के चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको हो?’

एमालेको सरकारलार्इ प्रश्न, ‘के चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको हो?’

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बिहीबार गरेको सम्बोधनलाई चाहना पत्रको संज्ञा दिएको छ।

शुक्रवारको संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपाध्यक्ष एवम् सांसद भीमबहादुर रावलले बिहीबार प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधन चाहना पत्र मात्रै भएको टिप्पणी गरेका हुन्। सांसद रावलले प्रधानमन्त्री प्रचण्डको सम्बोधनको आधार के हो भनेर प्रश्न समेत गरे।

रावलले भने,‘अघिल्लो सरकारले बजेट र नीति तथा कार्यक्रम ल्याइसकेको छ। यस्तो सन्दर्भमा प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनको आधार के हो ? यो सम्बोधनलाई कसरी बुझ्ने, कुन व्यवस्था अन्तर्गत प्रधानमन्त्रीको सम्बोधन आएको हो?’

रावलले प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधन आफूहरुलाई चाहनापत्र जस्तोमात्रै लागेको बताए।

यस्तै एमालेकै सांसद राजेन्द्रप्रसाद पाण्डेले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएका खबरहरु आइरहेको भन्दै यससम्बन्धमा संसदलाई जानकारी गराउन माग गरे। उनले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा सम्बोधनमा केही उल्लेख नभएको भन्दै आलोचना गरे।

उनले भूकम्पपीडितलाई सरकारले ८ लाख रुपैयाँसम्म दिने घोषणा गरेको भएपनि अहिलेसम्म पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ पनि नपाएको भन्दै सरकारको आलोचना गरे।

उनले भने,‘नयाँ प्रधानमन्त्री आएपछि बोल्नुपर्छ भनेर होला प्रधानमन्त्रीजीले भूकम्पपीडित जनतालाई राहत दिने भनी घोषणा गर्नुभयो। तर कार्यान्वयन चाहिँ कहिले हुने हो भन्दै प्रश्न गरे।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.