यी हुन् भारतीय सेलिब्रेटीका अनौठा अन्धविश्वास
एजेन्सीः बलिउडका चर्चित नायक सलमान खान उनका बुवा सलिम खानले दिएको नीलो रङको ब्रासलेट कहिल्यै छोड्दैनन् । किनकि उनी यो ब्रासलेटलाई आफ्नो लक्की चार्म मान्छन् ।
त्यस्तै अमिताभ बच्चन कहिल्यै पनि भारतीय क्रिकेट म्याच लाइभ हेर्दैनन् । उनले अहिलेसम्म रेकर्ड म्याच हेर्दै आएका छन् । आफू लाइभ हेर्न बस्नासाथ विकेट झर्न थाल्छ भन्ने उनको विश्वास छ । उनी सधैं हातमा कालो पत्थर भएको औँठी लगाउँछन् ।
बलिउडकी अर्की नायिका दीपिका पादुकोण आफ्नो हरेक फिल्म रिलिज हुनुभन्दा पहिला सिद्धिविनायक मन्दिर जान्छिन् । सिद्धिविनायक मन्दिरको दर्शन गरेपछि फिल्मले मार्केट लिने उनको विश्वास छ ।
त्यस्तै आमिर खानले डिसेम्बर महिनालाई भाग्यशाली महिना मान्दै आएका छन् । उनले प्रायः फिल्महरू डिसेम्बरमा रिलिज गराउँदै आएका छन् । उनले छोरा जन्माउँदासमेत श्रीमतीसँग सल्लाह गरेर डिसेम्बरमै जन्माएका थिए ।
कटरिना कैफ पनि उनको हरेक फिल्म रिलिज हुनुभन्दा पहिला अजमेर दरगाह जाने गरेकी छन् । ‘नमस्ते लन्डन’ रिलिज हुने समयमा उनी स्कर्ट लगाएर दरगाह पुगेकोमा विवादित पनि भएकी थिइन् ।