‘चैतमा स्थानीय निकायको चुनाव हुन्छ, ढुक्क हुनुस्’

‘चैतमा स्थानीय निकायको चुनाव हुन्छ, ढुक्क हुनुस्’

पोखरा: स्वास्थ्यमन्त्री गगन थापाले चैत महिनामा स्थानीय तहको निर्वाचन हुने निश्चित रहेको बताएका छन्।

विपी कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस कास्कीले शुक्रवार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले विधेयक बनाएर व्यवस्थापिका–संसद्मा पेस गरेको जानकारी दिए। ।

स्थानीय तहमा गाउँपालिका र नगरपालिका ७०० देखि ७५० सम्मको हाराहारीमा बनाउन उपयुक्त हुने धारणा राख्दै मन्त्री थापाले तर यसको निधो गर्न केही समय लाग्ने बताए। 

मन्त्री थापाले अब चुनाव हुन्छ कि हुँदैन भने अलमलमा नपरी तयारी अवस्थामा रहन पार्टी कार्यकर्तालाई आग्रह गरे। 

देशका विशिष्ट व्यक्ति र सर्वसाधारण नेपाली जनताको अधिकार समान भएको बताउँदै स्वास्थ्यमन्त्री थापाले विशिष्ट व्यक्तिले सामान्य उपचारका लागि विदेश जान राज्यकोषबाट पैसा पाउने तर दीनदुःखी उपचारै गर्न नसकी मर्ने स्थितिको अन्त्य गर्न आफू लागिपर्ने बताए। 

सबै नेपालीको घरमा एउटा दुहुनु गाई हुनुपर्नेजस्ता विपीले देख्नुभएको सपनालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.