बली दिन १६ वर्षीया किशोरी अपहरण गर्ने पक्राउ

बली दिन १६ वर्षीया किशोरी अपहरण गर्ने पक्राउ

काठमाडौँ: एक १६ वर्षीया किशोरीलाई बली दिने उद्देश्यले अपहरण गरेको घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास रुम्सीगाउँका भोजबहादुर थापा छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले थापालाई पोखराबाट पक्राउ गरेको हो । तान्त्रिक विधिद्वारा हड्डी जगाई चमत्कारिक तरिकाले आर्थिक लाभ प्राप्त गर्न १६ बर्षीय किशोरीलाई थापासहितका व्यक्तिले गत वर्ष साउन १४ गते सानार्याङबाट अपहरणगरेका थिए ।

१६ दिनसम्म अपहृत किशोरीलाई नागर्जुनमा लुकाएर राखे पनि साउन ३२ गते उनी भाग्न सफल भएकी थिइन् ।

किशोरीले प्रहरीमा उजुरी दिएपछि घटनामा संलग्न तान्त्रिक भनिएका गुरु भन्ने कानु पहरी, ओमकार शाह, यामबहादुर रोक्का, छत्रबहादुर राई, हरिबहादुर पुन मगर, उदीम बहादुर पुन र भीमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको थियो । थापा भने फरार थिए।

प्रहरीले घटनास्थलबाट पुरातात्विक वस्तुसमेत बरामद गरेको थियो । ब्यूरोले थापालाई कारबाहीको लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि अदालतले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल चलान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.