पाँचथरमा ५ गाउँपालिका र २ नगरपालिकाको प्रस्ताव

पाँचथरमा ५ गाउँपालिका र २ नगरपालिकाको प्रस्ताव

पाँचथरः पाँचथर जिल्लामा ५ गाँउपालिका र २ नगरपालिकाको नामाङ्कन र सीमाङ्कनको काम सकिएको छ ।

स्थानीय तह पुनःसंरचनाका लागि गठित प्राविधिक समितिले जिल्लाका राजनीतिक दलसहित सरोकारवालासँग पटकपटकको छलफल पछि यो काम सकेको हो ।

नामाङ्कन र सीमाङ्कनसहित वडाको केन्द्र समेत तोक्ने काम सकेको प्राविधिक समितिले जिल्लाको प्रगतिलाई स्वीकृतिका लागि राज्यको पुनःसंरचना आयोगमा पठाएको प्राविधिक समितिका संयोजक तथा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।

आयोगले भने पाँचथर जिल्लामा ५ वटा मात्रै स्थानीय तह बनाउन भन्दै जिल्लाको प्राविधिक समितिलाई निर्देशन दिएको थियो ।

यद्यपि, जिल्लाको भूगोल र जनसङ्ख्यासँगै ग्रामीण जनताको सुविधालाई ध्यान दिएर जिल्लाका सरोकारवालाहरुको समेत सहयोगमा २ वटा स्थानीय निकाय थपेर आयोगमा स्वीकृतिका लागि पठाउने निर्णय गरिएको धमलाले जानकारी दिए ।

समितिले सिफारिस गरेका स्थानीय तहमा सदरमुकाम समेत रहेको साविक फिदिम नगरपालिका, मारानिटार, लुङरुपा र नांगीनलाई समावेश गरी १२ वटा वडा बनाउने प्रस्ताव आयोगमा पठाइएको छ ।

यस्तै, रवि केन्द्र रहने गरी त्यस क्षेत्रका वलने, मौवा, हाङगुम, सराङडाडा, रवि, आरुवोटे, कुरुम्वा, लिम्बा र दुरदिम्वालाई समेटेर मिक्लोजोङ नगरपालिका बनाउने प्रस्ताव गरिएको छ ।

यसैगरी, यासोक, रानीगाउँ, मङजावुङ, स्यावु्रम्वा र आङनालाई मिलाएर कुम्मायक गाउँपालिका, नवमीडाँडा, इम्वुङ, पौवासारताप, चिलिङदिन, फाक्तेप, आङसराङलाई मिलाएर फाल्गुनन्द गाँउपालिका, एकतिन, मेमेङ, प्राङवुङ, सिदिन र याङनाम गाविसलाई केन्द्र बनाएर फालेलुङ गाँउपालिका, फलैंचा, च्याङथापु, थर्पु, अमरपुर ओयामलाई मिलाएर याङवरक गाउँपालिका तथा अमरपुर पञ्चमी, सुभाङ, भारपा गाविसलाई मिलाएर बनाइने हिलिहाङ गाउँपालिका स्वीकृति दिन आयोगसामु प्रस्ताव गरिएको छ ।

केन्द्रीय तहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निकायको सङ्ख्या पाँच सय ६५ भन्दा नबढाउने अडान कायमै राखे पनि जिल्ला तहका नेताहरु भने सो सङ्ख्या थोरै भएकाले बढाउनुपर्ने पक्षमा छन् ।

एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले आयोगले जिल्लामा तोकेको ५ वटा स्थानीय निकायको सङ्ख्या थोरै र अव्यावहारिक भएकाले बढाउन अन्य दलहरुसँग सहमत भएको जानकारी दिए ।

स्थानीय तहको नामाङ्कन र सीमाङ्कन प्रकृयामा सङ्घीय समाजवादी फोरम, सङ्घीय लिम्बुवान् पार्टी, सङ्घीय लिम्बुवान् मञ्च र जनमुक्ति पार्टीले भने असहमति जनाउँदै बहिष्कार गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.