तरुण दलको महाधिवेशन असोज ३ देखि हुने

तरुण दलको महाधिवेशन असोज ३ देखि हुने

काठमाडौंः नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन असोज ३ देखि सुरु हुने भएको छ।

तरुण दलले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी चौथो महाधिबेशन असोज ३, ४ र ५ गते पोखरामा गर्ने जनाएको हो। कार्यक्रममा अध्यक्ष उदयशम्शेर राणाले अब महाधिवेशन तोकिएकै मितिमा हुनेमा शंका नगर्न आग्रह गरे।

उनले,‘विधिवत र नियमसंगत महाधिवेशनको पक्षमा उभिएका असुन्तुष्ट पक्ष र विवादित जिल्लाको कारण तोकिएको मितिमा तलमाथि भएको छ। अव जसरी भएपनि तोकिएको समयमा महाधिबेशन हुन्छ, यसमा कसैले पनि शंका नगरौं।’

अर्का केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराईले असन्तुष्ट पक्षको मागहरू र बिधानको आधारमा महाधिबेशन गर्न गरेको मागलाई केन्द्रीय समिति र संगठनका अध्यक्ष राणा तयार भएको अवस्थामा महाधिबेशनको मिति असोजमा तोकिएको बताए। उनले भने,‘म सम्पूर्ण साथीहरूलाई महाधिबेशनमा भाग लिन आग्रह गर्दछु, हाम्रो तयारी द्रुत गतिमा अघि बढेको छ।’

तरुण दलको महाधिबेशन पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने संघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.