मानव तस्करीको नयाँ गन्तव्य बन्दै कीर्गिस्तान

मानव तस्करीको नयाँ गन्तव्य बन्दै कीर्गिस्तान

नेपालगन्जः  नेपालगन्ज  तथा आसपासका नाका हुँदै  कीर्गिस्थानसम्म मानव तस्करी हुन थालेको छ । माइती नेपाल नेपालगन्ज संयोजक केशव कोइरालाले पछिल्लो समयमा किर्गीस्तानमा  मानव तस्करीको नयाँ गन्तव्य  हुन थालेको बताए । 

जनवरीयता भारत हुँदै अवैध रुपमा कीर्गिस्थानजान लागेका १६ महिलालाई नेपालगन्ज नाकाबाट रोकिएको संयोजक कोइरालाले बताए । दाङ, सिन्धुपाल्चोक, नवलपरासी  जिल्लाबाट ल्याएर नेपालगन्ज नाका हुँदै कीर्गिस्थानलगिएको थियो । 

अन्य खाडी मुलकमा भन्दा राम्रो आम्दानी हुन्छ भनेर उनीहरुलाई कीर्गिस्थानलगिदै गरेको अवस्था प्रहरीको सहयोगमा  नाकामा रोकिएको  संयोजक कोइरालाले बताए ।
मानव तस्करी सम्लग्नले भारतको बाटो हुँदै कीर्गिस्थानलाने गरेको भेटिएको उनले बताए । भारतमा भिसा बनाएर उनीहरुलाई कीर्गिस्थानलाने तयारी गरिएको अवस्था रोकिएको  हो। नेपालगन्ज नाका हुदै अवैध रुपमा खाडि मुलकमा मानव तस्करी गर्दै आएका छन् ।

डेढ वर्षअघि कीर्गिस्थानपुर्याइएकी  एक किशोरीलाई माइती नेपालले उद्धार गरेको  संयोजक कोइरालाले जानकारी दिए । सिरिया पुर्याएकी अर्की महिलाको समेत उद्धार गरिएको छ ।

संयोजक कोइरालाका अनुसार  २०७२ भाद्र २० यता जोखिमपूर्ण यात्रामा रही नेपालगन्ज नाकाबाट उद्धार गरि आवधिक गृहमा प्रवेश गराइएको संख्या आठ सय ५०  रहेको छन् । आठ सय ७३ जनालाई मानब बेचबिखन र सरक्षित बसाइँ सराई बारे जानकारी दिई पारिवारिक पुर्नरमिलन गराइएको  छ ।  यस्तै, २६ जना श्रम र यौन शोषणमा परेकाको उद्धार गरिएको  छ । पाँच सय १० जनालाई बोर्डरबाट परामर्श दिई घर फिर्ता  गराएको कोइरालाले बताए ।

माइती नेपाल नेपालगन्जमा ६ सय २५ जनाको खोजतलासको निवेदन परेको छ । जस मध्ये ८६ जना फेला परेका छन् । वैदेशिक रोजगारी गएका ३० जना घरेलु हिंसा परेको निवेदन आएको कोइरालाले बताए ।

बेचबिखनका घटना धेरै हुने गरेको भएमा बाँके जिल्ला अदालतमा ३ वटा मुद्दा मात्रै एक बर्षको अवधिमा दर्ता भएका छन् ।

यो बर्ष वैदेशिक रोजगारीको क्रममा २ जना महिलामाथि जबरजस्ती करणी भएको निवेदन समेत माइती नेपाल नेपालगन्जमा परेको छ । रोजगारी, उपचार, शिक्षा र भ्रमणकोे नाममा प्रलोभनमा पारेर दलालले नेपाली महिलालाई बेचविखन गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए ।

उनले खुला सीमानाका कारण भारत हुँदै खाडी मुलुकसम्म मानव तस्करी भइरहेको बताए । उनले मानव तस्करी र  बेचबिखन नेपाल र भारत दुवै देशको साझा समस्या भएकाले संयुक्त रुपमा लाग्नु पर्ने कुरामा जोड दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थले अवैध रुपमा मानव तस्करी रोक्न सीमामा कडाई गरिएको बताए । उनले सीमामा कडाई गरिएपनि खुला नाका भएकाले पूर्ण रुप रोक्न भने नसकिएको स्वीकार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.