वीरगंज क्याम्पसमा तोडफोड र तालाबन्दी

वीरगंज क्याम्पसमा तोडफोड र तालाबन्दी

वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा चलिरहेको स्नातक तहको परीक्षामा अनुगमन गर्न नपाएको निहुमा विधार्थी संगठनका नेताहरुले आइतबार क्याम्पसमा तोडफोड गर्दै तालाबन्दी पनि गरेका छन् ।

अनेरास्ववियु क्रान्तिकारी र मधेसी दल सम्बद्ध विद्यार्थी संगठनका नेताहरुले सहायक क्याम्पस प्रमुखको कार्य कक्षमा र नेविसंघका नेताहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका हुन् ।अनेरास्ववियु क्रान्तिकारी, अनेरा स्ववियु , संघीय समाजवादी विद्यार्थी फोरम नेपाल ,मधेसी विधार्थी फोरम लोकतान्त्रिक ,संघीय विधार्थी संघका नेता कार्यकर्ताहरुले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेपछि नेविसंघका नेता कार्यकर्ताहरुले पनि क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

आइतवार बिहान सन्चालित स्नातक तह प्रथम वर्षको परिक्षमा क्याम्पस प्रमुख ललन द्धिवेदीका साथमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य प्रभाकर गुप्ता र संघीय समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवाल अनुगमनका लागि भन्दै परिक्षा हल भित्र प्रवेश गरेका थिए।

तर केन्द्राध्यक्ष एंव सह प्राध्यापक रोशनल लामिछानेले उनिहरुलाइ रोकेपछि त्यही निहुमा विधार्थी संगठनका नेताहरुले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका हुन् ।अखिल क्रान्तिकारी र मधेसी दल सम्बद्ध विधार्थीहरुले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेपछि नेविसंघका नेता कार्यकर्ताहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेको केन्द्राध्यक्ष लामिछानेले बताए।

अखिल क्रान्तिकारी र मधेसी दल सम्बद्ध विधार्थी संगठनहरुले सह प्राध्यापक रोशन लामिछानेको राजीनामा माग गर्दै क्याम्पसको प्रशासन शाखा , लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी पनि गरेका छन् ।

केन्द्राध्यक्ष एंव सह प्राध्यापक लामिछानले परिक्षामा अनियमितता गरेको र बाहिरी मान्छेहरुलाइ परिक्षा हलमा प्रवेश गराएर गुण्डागर्दी गरेकाले लामिछानको राजीनामा माग गर्दै क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रभाकर गुप्ताले बताए ।

क्याम्पसमा अहिले चलिरहेको परिक्षामा अनियमितता भइरहेको खबर पाएर आइतवार आफुहरुले अनुगमन गर्न खोज्दा केन्द्राध्यक्ष समेत रहेका सह प्राध्यापक लामिछानेले दादागिरी देखाउदै रोकेपछि आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको संघीय समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल वर्णवालले बताए ।

तर उनले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड भने नगरेको बताए । हामीले तोडफोड गरेका होइन, उनले भने , केन्द्राध्यक्षले दादागिरी देखाएपछि आक्रोशीत विधार्थीहरुले कुर्सी टेबुलमा लात्तीले हिर्काएका हुन्।

केन्द्राध्यक्ष एंव सह प्राध्यापक लामिछानेले भने परिक्षा हल भित्र कुनै पनि राजनीतिक दल सम्बद्ध विधार्थी संगठनका नेता कार्यकर्ता प्रवेश गर्न नपाइन्ने नियम भएपनि केही विधार्थी संगठनका नेताहरुले क्याम्पस प्रमुख द्धिवेदीलाइ दबाब दिएर परिक्षा हल भित्र प्रवेश गरेकाले आफुले रोकेको बताए । क्याम्पस प्रमुख द्धिवेदीले विधार्थी संगठनका नेतालाइ परिक्षा हल भित्र प्रवेश गराएर गल्ती गरे, लामिछानेले भने ,‘परिक्षा हलमा घुम्न नपाएको निहुमै विधार्थी संगठनका नेताहरुले बखेडा झिकेर बवाल गरेका हुन् ।

केन्द्राध्यक्ष लामिछानेले परिक्षा हल भित्र प्रवेश गर्न नदिएपछि अखिल क्रान्तिकारी र मधेसी दल सम्बद्ध विधार्थी संगठनका नेता कार्यकर्ताहरुले केन्द्राध्यक्ष लामिछाने विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि क्याम्पस परिसरमा ठूलो संख्यामा प्रहरी पनि परिचालन गरिएको थियो ।

परिक्षामा तनाव भएको खबर पाएर पर्साका सहायक प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भटटराइ पनि क्याम्पसमा पुगेर परिक्षाको अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा परिक्षामा अनियमितता गरेको अवस्थामा भेटिएका चार जना परिक्षार्थीलाइ उनले निलम्बन पनि गरे ।परीक्षा हल भित्र कुनै पनि राजनीतिक दल सम्बद्ध विधार्थी
संगठनका नेता कार्यकर्तालाई प्रवेश गराउन पाइदैन , क्याम्पस परिसरमा भेटिएका सहायक प्रमुख जिल्ला अधिकारी भटटराइले भने ,‘आइन्दा परीक्षा हल भित्र कुनै पनि संगठनका नेता कार्यकर्तालाइ प्रवेश गर्न नदिन क्याम्पस प्रमुख द्धिवेदीलाई निर्देशन दिएको छु। विधार्थी संगठन र प्राध्यापकहरुको व्याक्तिगत इगोका कारण क्याम्पसमा समस्या देखिएको उनको भनाइ छ।

क्याम्पसमा तनाव भएपछि क्याम्पस प्रमुख द्धिवेदी भने स्वास्थ्य अवस्था ठिक नभएको भन्दै क्याम्पस छाडेर हिडेका थिए। उनको मोबाइल पनि स्वीच अफ छ।
ठाकुरराम बहुमुखी क्याम्पसमा विधार्थी संगठनका नेता र प्राध्यापकहरुले नै परिक्षार्थीहरुसंग रकम असुलेर नक्कली विधार्थी मार्फत परिक्षा दिलाउने गरेका छन् । रकम भागबण्डामा कुरा नमिलेपछि परिक्षा अनुगमनका नाममा पटक पटक क्याम्पसमा विवाद हुदै आएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.