योजना आयोगमा तीन सदस्य नियुक्त
काठमाडौंः सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा. स्वर्णीम वाग्ले, डा. प्रेम बुढाथोकी र धीरेन्द्रमान प्रधानलाई योजना अायोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
सदस्यमध्ये डा वाग्ले दोस्रो पटक योजना आयोगको सदस्यमा नियुक्त भएका हुन्। वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार हुँदा आयोगको सदस्यमा नियुक्त भएका थिए।