‘प्रचण्डले मोदीसँग लिपुलेक, कालापानी र १९५० सन्धिको मुद्दा उठाउनुपर्छ’

‘प्रचण्डले मोदीसँग लिपुलेक, कालापानी र १९५० सन्धिको मुद्दा उठाउनुपर्छ’

काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतले नेपालको आन्तरिक मामलामा सुक्ष्म प्रवन्ध गर्न खोज्ने व्यवहार नसच्याएसम्म दुई देशवीचको सम्बन्ध राम्रो हुन नसक्ने स्पष्ट पारेका छन्।

उपाध्यक्ष रावलले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा सुर्पुदगी सन्धि, १९५० को सन्धि, लिपुलेक, सिमाना विवादका कुराहरू भारतीय पक्षसँग स्पष्ट रुपमा राख्नुपर्ने बताए। आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले भने ,‘कतिपय प्रावधानहरूमा समानतामा आधिरत छैनन्, त्यसको पुनरावलोकन गर्नुपर्छ, प्रबुद्ध समुह बनेकै छ, यसको सुझावको आधारमा काम गर्नुपर्छ।’

रावलले १९५० को सन्धी र त्यसयता भएका पत्रहरुको पुनरावलोकन र अध्यावधिक गर्नेबारे प्रष्ट धारणा राख्नुपर्ने बताउँदै कानुनी सहायता तथा सुपर्दगी सन्धीमा नेपालका अदालतमा विदेशी कानुन व्यवसायीले बहस पैरवी गर्न पाउने तथा तेस्रो मुलुकका नागरिकलाई सुपुर्दगी गर्ने प्रावधान हटाउने अडान कायमै राख्न माग गरे।

उनले भने,‘कुनै पनि खाले वैदेशिक हस्तक्षेप स्वीकार्य हुन सक्दैन, प्रधानमन्त्रीले भारत भ्रमणका बेला राष्ट्रियहितका बारेमा काम होस् भन्ने एमालेको धारणा छ, हामीले प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुराहरू राखिसकेका छौं, भारतसँगको सम्बन्धलाई अझै सुमधुर र मज्बुद बनाउन, समास्यारहित बनाउन हाम्रो सुझाव रहेको छ ।’

उनले भने,‘सिमानामा रहेको विवाद र दशगजा मिच्ने कार्य, डुवानमा पार्ने खालका कार्य हाम्रा लागि दुःखद विषय हुन, यी समस्याहरू समाधान गर्नुपर्छ अनिमात्र दुई देशको सम्बन्ध राम्रो हुन सक्छ।’ रावलले भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाधिनता, स्वाभिमान र स्वतन्त्रता र राष्ट्रिय हितमा असर पर्ने खालका कुनैपनि सम्झौता नगर्न समेत आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.