'प्रचण्डको हविगत ओलीको जस्तै हुन्छ'

'प्रचण्डको हविगत ओलीको जस्तै हुन्छ'

वीरगन्जः संघीय समाजवादी फोरम नेपालीकी वरिष्ठ उपाध्यक्ष रेणु यादवले मधेसी मोर्चासँग गरिएको सम्झौता कार्यान्वयन नभए वर्तमान सरकारको हविगत पनि केपी ओली सरकारको जस्तै हुने चेतावानी दिएकी छन् ।
 
फोरम नेपाल पर्साले वीरगन्जमा गरेको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा कांग्रेस, नेकपा माओवादी केन्द्र बीच भएको तीन बुँदे सहमतीलाई चाँडै कार्यन्वयन गरी मुलुकलाई निकास नदिए यो सरकारको हविगत पनि ओली सरकार जस्तै हुने बताइन् ।

मधेसको मुद्दा सम्बोधन नभएसम्म मुलुकले अग्रगती लिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ भारत जानु अघि नै संशोधन प्रस्ताव सदनमा दर्ता गरी मुलुकलाई निकास दिनु पर्ने उनको भनाइ छ ।

‘मोर्चा र सरकार बीच भएको सम्झौता अनुसार मोर्चाले आफनो तर्फको दायित्व पुरा गरिसकेको छ, अब दायित्व पुरा गर्ने पालो कांग्रेस र माओवादीको हो,’ उनले भनिन् ।

 कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् मोर्चाको वार्ता टोली सदस्य लालबाबु राउतले संसदबाट पारित गरिएको संविधानले मुलुकबाट उत्पीडिन र विभेदलाई अन्त्य गर्नुको सट्टा सत्ता समिकरणलाई नै अगाडी बढाउनु दुर्भाग्य भएको बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले केही दलको उक्साहटमा ठोरीलाई ३ नम्बर प्रदशेमा गाभ्न ठोरी बासी उद्धत भएको आरोप लगाए ।

‘ठोरी पर्साको भुभाग हो । ३ नम्बर प्रदेशको वकालत गर्नेहरु जसरी ठोरीमा आएका थिए त्यसरी नै गए हुन्छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.