जनताको पक्षमा काम गर्न मन्त्रीहरुलाई सभापति देउवाको निर्देशन
काठमाडौंः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन्।
बूढानीलकण्ठस्थित आफ्नै निवासमा मन्त्रीहरुलाई बोलाएर संयुक्त सरकारको भावनाअनुसार जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन्।
देउवाले मन्त्रीलाई सबैसँग समन्वय गरेर विवादरहीत, जनतालाई प्रत्यक्ष राहत हुनेगरी आआफ्नो मन्त्रालयका काम गर्न निर्देशन दिएको सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए।
देउवाले बोलाएको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी १५ मन्त्रीमध्ये १२ मन्त्री सहभागी थिए।