बालकलाई मुख मैथुन गराउने अमेरिकी ठमेलबाट समातिए

बालकलाई मुख मैथुन गराउने अमेरिकी ठमेलबाट समातिए

काठमाडौँः ठमेलमा लामो समयदेखि केही विदेशी नागरिक बालयौन दुराचार जस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्न भएर स्वदेश फर्किने गरेको रहस्य खुलेको छ । प्रहरीले विदेशी नागरिकलाई यौन दुराचारको लागि बालबालिका खोजिदिने नेपाली दलाल पक्राउ गरेपछि यो तथ्य उजागर भएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गत शुक्रबार ठमेलस्थित यम्बु होटलबाट बालयौन दुराचारको आरोपमा अमेरिकी नागरिक केनेथ जोसेफ कुम्स र उनका सहयोगी स्वयम्भू बस्ने बुद्ध पुतवारलाई पक्राउ गरेको छ ।

 प्रहरीले होटलबाट १२ वर्षदेखि १६ वर्ष उमेरका पाँचजना बालकलाई उद्दार गरेको छ । गत भदौ ७ गते नेपाल आएका केनेथ ठमेलस्थित यम्बु होटलमा बस्दै आएका थिए । उनले बुद्धमार्फत् बालबालिका खोज्न लगाएर बालयौन दुराचार गर्दै आएको सिआइबीको दाबी छ ।

सिआइबीका प्रवक्ता एसपी दिवेश लोहनीका अनुसार बुद्धले प्रहरी बयानमा लामो समयदेखि विदेशीलाई यौन दुराचारको लागि बालक खोजिदिने कार्य गर्दै आएको प्रहरीमा स्वीकार गरेका छन् । अहिलेसम्म ६० भन्दाबढी बालक खोजेर यौन दुराचारका लागि विदेशीलाई सुम्पेको बयान बुद्धले सिआइबीलाई दिएका छन् ।

केनेथले बालकहरुलाई मुख मैथुन र यौनजन्य क्रियाकलाप गर्दै आएको पीडित बालकहरुले प्रहरीमा बयान दिएका छन् । बुद्धले अमेरिका लैजाने र पैसाको प्रलोभन देखाएर बालकलाई जोसेफको जिम्मा लगाउँदै आएको प्रहरीले जनाएको छ ।

‘यौनजन्य क्रियाकलाप गरेपछि बालकलाई एकदुई हजार रुपैयाँ दिएर फोटो र भिडियो खिच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ, एसपी लोहनीले भने। उनका अनुसार यौन दुराचार गरिसकेपछि बुद्धले नै बालकलाई घर नजिकै छाडेर होटल फर्किने गरेका थिए । बालयौन दुराचारको शिकार बनेका अधिकांश बालक आफ्ना अभिभावकसँगै भेटिएको ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।

‘पहिले पनि काठमाडौंमा बाल यौन दुराचारका घटना नभएका होइनन्, तर यो घटना अलि फरक छ, अहिलको घटना पुरै संगठित देखिन्छ, ब्यूरोका प्रमुख डीआइजी नवराज सिलवालले भने,‘यौन दुराचारमा संलग्न विदेशी सुरुमै नेपालमा बालक खोज्न सेटिङ गर्ने दलालको सम्पर्क नम्बर र ठेगाना स्वदेशबाटै लिएर आउने र फर्किपछि अर्कोलाई दिने गरेको पाइयो ।’

प्रहरी अभिलेख अनुसार यस अघिका घटनामा भने बालगृहमा स्वयंसेवकको रुपमा विदेशी नागरिक छिर्ने र बालगृहका बालकलाई यौन दुराचार गर्र्दै आएका थिए । ‘बुद्धले अमेरिका पठाइदिने भन्दै गाउँबाट गरिब बालबालिकालाई होटलमा ल्याई नुहाईधुवाई गरेर सफा बनाएर राख्ने र केनेथलाई सुम्पने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ, यसमा होटलवालाको समेत संलग्नता देखिन्छ, डीआइजी सिलवालले भने ।

सिआइबीका अनुसार आठ जना पीडित बालकहरु प्रहरीसम्पर्कमा आएका छन् । पीडित बालकले प्रहरीमा जानकारी दिए अनुसार विशेष गरी दिउँसको समयमा होटल भित्र यौनजन्य क्रियाकलाप गर्ने र साँझ परेपछि घर छाड्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.