नेपथ्यको ‘हो रामा रामा’

 नेपथ्यको ‘हो रामा रामा’

काठमाडौः नेपथ्यले आगामी एल्बमको नयाँ गीत ‘हो रामा रामा’ सार्वजनिक गरेको छ । आइतबार नेपथ्यले यू ट्युबमा आफ्नो आधिकारिक च्यानल ‘नेपथ्य अफिसियल’मार्फत गीत सार्वजनिक गरेको हो ।

नेपथ्यका अधिकांश गीतजस्तै यो गीत, लोकधुनको आभास मिल्ने गरेर तयार पारिएको नेपथ्यले जनाएको छ । नेपथ्य टोलीका मुख्य गायक अमृत गुरुङका अनुसार गण्डक क्षेत्रको घाटु र सोरठी भाका यो गीतको आधारभूमि हो । यसका शब्दले ‘माया’ भनेर पुकार्दै नारी सौन्दर्यको वर्णन गरेको छ ।

दसौं एल्बम रिलिज गर्ने तयारी गरिरहेको नेपथ्यले यस अघि ‘कोसीको पानी’ बोलको गीत यू ट्युबमार्फत सार्वजनिक गरेको थियो ।

पहिलो पटक रिजिल भए पनि नेपथ्यले यो गीत विभिन्न कन्सर्टहरूमा गाइसकिएको छ । नेपथ्यका अनुसार, सन् २०१४ मा दक्षिण कोरियाको राजधानी सिउलमा यो गीत पहिलोपटक गाइएको थियो ।

रमाइलो संयोग, नेपथ्य पुनः सिउलमै प्रदर्शनको निम्ति जानै लागेको बेला यसको यू ट्युब रिलिज भएको छ । यही असोज ३१ गते नेपथ्यले सिउलस्थित प्रसिद्ध केबीएस (कोरियन ब्रोडकास्टिङ सिस्टम) एरेनामा ब्यान्डले कन्सर्ट गर्दैछ ।

‘भिडियोको टिजरमा उल्लेख गरिएजस्तै यो गीत थुप्रै सहरमा प्रस्तुत गरेर नेपथ्यले परीक्षण गरिसकेको छ र अब विश्वभरिका श्रोताका निम्ति एकैपटक सार्वजनिक हुँदैछ’, नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ती सबै स्थानमा गीत गाउँदा दर्शकले जनाएको प्रतिक्रियालाई यस भिडियोमा समेटेर यो गीतसँगै दर्शकले माहोल कसरी तताउँदै आएका छन् भन्ने देखाउन खोजिएको छ ।’

‘हो रामा रामा’लाई झन्डै १० वर्षअघि लेखन तथा संगीत दिएको तर विभिन्न कारणवश अघिल्ला एल्बममा समेट्न नसकिएको नेपथ्यले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.