भीषण वर्षाले मध्यपहाडी लोकमार्ग अबरुद्ध

भीषण वर्षाले मध्यपहाडी लोकमार्ग अबरुद्ध

सिन्धुली : आइतबारदेखि सुरु भएको भीषण वर्षाका कारण सिन्धुलीको जनजीवन प्रभावित बन्दै गएको छ।

वर्षाका कारण मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड अबरुद्ध हुन पुगेको छ भने जिल्ला भित्रको दर्जनौ कच्ची सडकहरुमा यातयात पूर्ण रुपमा अबरुद्ध भएका छन्।

मध्यपहाडी लोकमार्गस्थित खुर्कोट घुर्मी खण्डको बासेश्वर गाविसको हैबार र खाङसाङ्गको कुइभिर भन्ने स्थानमा गएको पहिरोका कारण लोकमार्गमा चल्ने सयौं सवारी साधन बन्द भएको मध्यपहाडी क्षेत्रका स्थानीय गौरव कार्कीले जानकारी दिए।

कार्कीका अनुसार पहिरोले सडक अबरुद्ध हुँदा मध्यपहाडी लोकमार्ग हुँदै राजधानी आउने जाने हजारौं सवारी साधनहरु विचबाटोमै अलपत्र परेका छन् । ‘वर्षातका कारण आइतबार मध्यरातदेखी मध्यपहाडी लोकमार्गको खुर्कोटदेखी घुर्मीसम्मको सडक अबरुद्ध छ । त्यहाँ ठुला पहिरो खसेका कारण खुर्कोट र खाङखाङको कुइभीर नजीक सयौंका संख्यामा सवारी साधन रोकीका छन्,’ कार्कीले भने।

पहिरो हटाउने प्रयास गरीएपनि पानी पर्न नरोकीदा समस्या भएको उनको भनाइ छ। पहिरोका कारण राजधानी काठमाण्डौं जाने आउने सिन्धुली, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सोलुसम्म आवतजावत गर्ने सवारी साधनहरु अलपत्र परेका छन्।

पहिरो हटाइ अबरुद्ध सडक सञ्चालनका लागि पहल गरेपनि वर्षात नरोकीदाँ समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता निर्मल पनेरुले बताए । मध्यपहाडी लोकमार्गसंगै जिल्लाको मरिण, कमलोखोँज क्षेत्रमा पनि जोखीम बढेको पनेरुको भनाइ छ।

वर्षातका कारण मरिण र कमलानदीमा पानीको सतह बढ्दा नदीको कटानको त्रास बढेको उनले जनाए। उता लगातारको वर्षाको कारण भूकम्पबाट पीडित बनेका स्थानीयहरुको जनजीवन थप कष्ठपूर्ण बन्दै गएको पीडितहरुले जनाएका छन्। अस्थायी टहरोमा जीवन गुजारा चलाईरहेका पीडितहरु लगातारको वर्षाका कारण बाढी तथा पहिरोको आंतकमा समेत परेका हुन्।

जिल्लाका कतिपय बस्तीहरु सानुपर्ने भनिएपनि नसारीएका कारण त्यसक्षेत्रका स्थानीयहरु बस्तीनै पहिरोमा परिणत हुने होकी भन्ने त्रासमा छन् । भूकम्पले हल्लीएर चिराचिरा परेका बस्ती बग्न थालेको बताइएको छ । भूकम्पका कारण हल्लीएर चिराचिरा परेको बस्ती बग्न थालेपछि गाउँभरीनै त्रास फैलीएको डुडभञ्ज्याङ्ग गाविस–८ च्याकुटारका स्थानीय पीडित सोमप्रसाद बरालले बताए ।

उक्त बस्ती सुरक्षित स्थानमा सार्न भूकम्प पछि स्थलगत अनुगमनका क्रममा पुगेको विज्ञहरुको टोलीले यस अघिनै सुझाव दिइसकेको थियो । तर हालसम्म उक्त बस्ती सुरक्षित स्थानमा सार्न कुनै प्रक्रियाको थालनी नगर्दा पहिरो बग्न थालेपछि त्रास थपिएको बरालको भनाइ छ।उनले भने, ‘दुइ दिनदेखि लगातार वर्षात हुँदा गाउँमा पहिरो बग्न थालेको छ । पहिरोले एक दर्जनबढी घरहरु बग्ला भन्ने डर भएको छ । स्थानीयहरु पहिरोको त्रासका कारण घर छाडेर सुरक्षित स्थानमा जान थालेका छन् ।’

जिल्लाको महाभारत क्षेत्रका प्रायः भूकम्प प्रभावित गाविसका सर्वसाधरणहरु प्रभावित भएका छन् । अस्थायी टहरोमा बस्नेहरु पानीमा भिजेर बस्न बाध्य भएको जलकन्याका स्थायीय ऋषीराज सिग्देलले बताए ।

‘गाउँमा सिस्ने भिरमा पहिरो बग्न थालेकापछि त्यस तलका दर्जनौं घरमा बस्ने सर्वसाधरणमा त्रास फैलएिको छ, सिग्देलले भने, ‘अन्य क्षेत्रमा पनि भूकम्पले छियाछिया भएर फाटेको जमिन बग्न थालेको छ । अब अरु केही समयसम्म पानी यसरीनै निरन्तर रहिरहे यसले ठूलो क्षति पुर्याउन सक्ने छ ।’

कमलानदीमा पानीको बाहव बढेका कारण सिर्थौली गाविस १ डकाहा स्थित दलित बस्ती डुवानमा पर्ने खतरा बढेको स्थानीय राधिका विश्वकर्माले बताईन् । त्यहाँ स्थानीय र प्रहरीले निगरानी बढाएको र डुवानको खतरामा रहेका दलितहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको बताइएको छ । यस्तै लगातारको वर्षाका कारण सुनकोसी नदीमा समेत पानीको बाहव बढेको छ । पानीका कारण सुनकोसी गढ्तीरका सर्वसाधारणमा त्रास छाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.