अब हामी विवाद झिक्दैनौं

अब हामी विवाद झिक्दैनौं

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वतयारीका लागि आइतबार नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालमा संविधान लागु भएपछि चिसिएको नेपाल–भारत सम्बन्ध प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि सुमधुर हुने आशा राखेका छन् ।

दुई देशबीच विगतमा उत्पन्न असमझदारी हटाई विश्वासको वातावरण तयार पार्न सरकार लागिपरेको उनले बारम्बार दोहर्‍याएका छन् । दुई देशबीच जनस्तरमा विश्वास सिर्जनाका लागि सरकारले पुरानै परियोजनाको निरन्तरता तथा कार्यान्वयनलाई महत्व दिनेमा उनको जोड छ ।

सम्बन्ध सुधारमा निकै संवेदशील भएर अगाडि बढिरहेको बताएका महतले जनताको बीचमा विवाद सिर्जना गर्ने विषयमा सरकार जानै नचाहेको स्पष्ट पारे । दुई देशबीच उत्पन्न असमझदारीका बुँदामा भने उनले स्पष्ट बोलेनन् । सम्बन्ध सुधारको मापदण्डबारे पनि उनको जवाफ घुमाउरो नै थियो ।

परराष्ट्रमन्त्री डा. महतसँग सोमबार बिहान बारखम्बा रोडस्थित नेपाली दुताबासमा अन्नपूर्ण पोष्टका लागि आशा थपलियाले गरेको कुराकानीः

प्रधानमन्त्रीको यो भ्रमणपछि भारतले नेपालको संविधान स्वीकार गरेको घोषणा गर्छ ?

संविधानमा आवश्यक परिमार्जन गर्ने नेपालले निर्णय गर्छ, यो भारत सरकारले राम्ररी बुझेको छ । नेपाली जनताको आवश्यकताअनुरुप संविधानमा गर्नुपर्ने परिवर्तन हामीलाई राम्ररी थाहा छ । यसलाई भारतका ओपिनियन मेकरहरु लगायत हाम्रा मित्रहरुले राम्ररी बुझेका छन्, एकदम राम्ररी बुझेका छन् ।

भारतले औपचारिक रुपमा संविधान स्वीकार गर्छ त ? त्यसो नहुँदासम्म नेपाल भारत सम्बन्ध सम्बन्ध सुध्रिएको भन्न मिल्ला ?

संविधानलाई कसरी परिमार्जन गर्ने, लागु गराउने भन्ने आफ्नो प्रक्रिया छ नि, सबै स्टेकहोल्डरलाई सहमतिमा ल्याएर गर्नुपर्छ, त्यसका लागि समय लाग्छ भन्ने भारत सरकारलगायत यहाँका बौद्धिकवर्ग सबैले बुझेका छन्।

अविश्वासको वातावरण हटाउने कुरा आएको छ । स्पष्ट पारिदिनुस् न ? के नेपालले एकतर्फी रुपमा उब्जाएको हो यो वातावरण ?

विगतका घटनाक्रमले दुई देशबीच अविश्वास सिर्जना भयो, कसरी भयोभन्दा पनि आगामी दिनमा कसरी विश्वासको वातावरण स्थापित गर्नेतर्फ नयाँ एप्रोच सरकारले लिएको छ । भारतमा पनि सम्बन्ध सुधारलाई लिएर विचारविमर्श भइरहेको छ। विश्वासको वातावरण स्थापित हुनेबित्तिकै अरु धेरै सहज हुँदै जान्छ ।

विश्वासको आधार के हो र त्यसलाई नेपाली जनताले कसरी बुझ्ने ?

हेर्नुस्, यसलाई यसरी बुझौँ, भारतसँग पावर ट्रेड एग्रिमेन्ट भएको छ तर त्यसको कार्यान्वयन पक्षमा अवरोध आइरहेका छन् । नेपालमा उत्पादित बिद्युत निर्वाध रुपमा आयातनिर्यात गर्न पाउने सुनिश्चित भयो भने जनतामा ठूलो सन्देश जान्छ । यस भ्रमणको मुख्य एजेण्डामा यो पनि समाबेश छ । त्यस्ता अवरोध हटाउन भारतीय पक्ष पनि सकारात्मक छ ।

सीमा नाकामा बाढीको प्रभावमा पर्ने क्षेत्र र त्यहाँका बासिन्दाका लागि कसरी राहत पुर्‍याउन सकिन्छ, पञ्चेश्वर परियोजना अगाडि बढेमा जनस्तर लाभान्वित हुन्छ । प्रत्यक्ष प्रतिफल दिने पुरानै परियोजना लागू भयो भने जनतामा विश्वास सिर्जना हुन्छ । त्यसैले हामी पुरानै विषयको कार्यान्वयनमा केन्द्रित छौँ । त्यस्ता विषयमा जानै चाहदैँनौ जसले विवाद सिर्जना गरोस्।

विगतमा राजनीतिक अस्थिरता, नाकाबन्दीलगायत कारणले गर्दा भारतीय लगानीकर्ता नै निराश भएका छन् । लगानी झिकेर निस्किरहेका छन्, होइन र ?

विदेशी लगानीबिना नेपालको आर्थिक विकास सम्भव छैन । अन्य देशको लगानीकर्ता भन्दा पनि छिमेकी मुलुक भारत र चीनको लगानी नेपालका लागि महत्वपूर्ण छ । अझ भारतीय लगानीकर्ताले नेपाली परिवेश राम्ररी बुझेका छन् । व्यापार घाटा कम गर्न पनि नेपालमा भारतीय लगानी अपरिहार्य छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.