देउडा खेलिरहेका बेला चक्कु प्रहार, एक युवकको मृत्यु
दार्चुला: चक्कु प्रहारबाट दार्चुलामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुँवर रहेका छन्।
चक्कु प्रहारबाट घाइते कुँवरको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसक्दा भारत रिफर गरिएको थियो। कुँवरको थप उपचारका लागि भारत लैजाँदै गर्दा गएराति बाटोमै ज्यान गएको बताइएको छ। चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
यसअघि घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको थियो । अपी नगरपालिका–५ छापरीको कोटमा देउडा खेलिरहेका बेला सोमबार दुई समूहबीच झडप भएको बताइएको छ। चक्कु प्रहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाँउकै १६ वर्षीय उमेश कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिए।
पक्राउ परेका तीनैजनाविरुद्घ कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने बताइएको छ।