परराष्ट्रमन्त्री महत चढेको विमान दुर्घटनाबाट जोगियो

परराष्ट्रमन्त्री महत चढेको विमान  दुर्घटनाबाट जोगियो

काठमाडौँः परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठूलो र्दुघनाबाट बचेको छ ।

भारत भ्रमणबाट नेपाल फर्किएका मन्त्री महत चढेको आर ए २०६ विमान अवतरणका क्रममा दुर्घटनामा परेकाे हो । विमानमा सवार परराष्ट्रमन्त्रीसहित अन्य यात्रु सकुसल छन् ।

परराष्ट्रमन्त्री चढेको विमान सामान्य दुर्घटनामा परेको विमानस्थलका सूचना अधिकारीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले अन्नपूर्णलाई जानकारी दिए ।

परराष्ट्रमन्त्री मन्त्री महतलाई स्वागत गर्न विमानस्थल पुगेका पाठकले भने, ‘विमान अवतरण गर्ने क्रममा  टायरको हावा खुस्किएपछि विमान दुर्घटनाबाट जोगिएको छ ।’

पाठकका अनुसार विमानमा सवार मन्त्री र यात्रुलाई विमान रोकिएपछि गाडिको सहयोगमा विमानस्थलसम्म ल्याइएको छ  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.