तपसीले गरिन् अमिताभको प्रशंसा

तपसीले गरिन् अमिताभको प्रशंसा

एजेन्सीः नायिका तपसी पन्नुले अमिताभ बच्चन उँचो व्यक्ति भए पनि उनको व्यवहार सरल र सामान्य भएको बताएकी छन् । उनले अमिताभ निकै सहयोगी र उमेरअनुसार व्यवहार गर्र्ने व्यक्ति भएको भन्दै प्रशंसा गरेकी हुन् । उनी पिंकमा अमिताभसँगै मुख्य भूमिकामा छिन् ।

सन् २०१३ मा चलचित्र ‘चस्मे बद्दुर’को रिमेकबाट करिअर सुरु गरेकी पन्नुले दोस्रो चलचित्र ‘बेबी’मा अक्षय कुमारसँग काम गरिसकेकी छन् ।

काम गर्दा अमिताभ बच्चनसँग निकै सहज हुने अनुभव उनले सुनाएकी हुन् । उनले भनेकी छन्, ‘अमिताभ निकै सजिला, सहयोगी हुनुहुन्छ । एकदमै सामान्य हुनुहुन्छ । सहकर्मी कलाकार जुनसुकै उमेरको भए पनि ऊसँग सुहाउँदो व्यवहार गर्न जान्नुहुन्छ ।’

पन्नुले चलचित्रमा सफलता पाउने सूत्र पनि बताएकी छन् । उनले भनेकी छन्, ‘यो क्षेत्रमा सफलता पाउने हो भने एउटैमा कमाल गरेर देखाउनुपर्छ । एउटा असफल भयो भने अर्कोका लागि कसैले सोध्नेवाला छैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.