महिलालाई जबर्जस्ती करणी गर्न खोज्ने व्यक्ति पक्राउ

महिलालाई जबर्जस्ती करणी गर्न खोज्ने व्यक्ति पक्राउ

कुश्माः घरमा लोग्ने मान्छे नभएको मौका छोपेर एक महिलालाई जबर्जस्ती करणी गर्न खोज्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। पर्वतको कुर्घा–४ का मोतीबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कुर्घा गाविसकी ३१ वर्षीया महिलालाई आइतबार मध्यराति जबर्जस्ती करणी गर्न खोज्ने क्षेत्रीलाई छिमेकीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। क्षेत्रीले सुतिरहेको अवस्थामा आफूलाई जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीमा उजुरी महिलाले दिएकी छिन्।

पीडित महिलाका श्रीमान् बैदेशिक रोजगारको शिलशिलामा विगत तीन वर्षदेखि मलेसियामा छन्। सोही घरको अर्को कोठामा सुतिरहेकी सासुले ५ वर्षीया छोरीसहित सुतेकी बुहारीले गुहार मागेपछि घरको बत्ती बालेको र क्षेत्री खाँटमुनी छिरेपछि सोही कोठामा ढोका लगाएर थुनेका थिए।

क्षेत्रीलाई कोठामा थुनेर राखेपछि छिमेकीहरुले लुंखुदेउराली गाविसमा अवस्थित प्रहरी पोष्टमा खबर गरी प्रहरीको जिम्मा लगाएका थिए। सोमबार क्षेत्रीले आफूलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको भन्दै पीडित महिलाले कानुन बमोजिम हदै सम्मको कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दिएकी छिन्।

महिलाले किटानी जाहेरी दर्ता गराएको र आरोपित क्षेत्रीलाई जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका मुद्धा शाखा प्रमुख यमबहादुर नेपालीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.