'नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास'

'नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास'

काठमाडौं: परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास हुने बताएका छन्।

तीन दिने भारत भ्रमण सकेर काठमाडौँ फर्किएपछि अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री डा महतले भारतमा रहँदा त्यहाँका विदेशमन्त्री सुष्मा स्वराज, ऊर्जामन्त्री पियूष कोयल, जलस्रोतमन्त्री उमा भारतीलगायतका नेतासँग द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा मैत्रीपूर्ण छलफल भएको बताए।

परराष्ट्रमन्त्री डा महतले पञ्चेश्वर जलविद्युत् परियोजना निर्माणमा भारतले तदारुकता देखाउनुपर्ने आफूले जानकारी गराएको बताए। झन्डै दुईदशकअघिदेखि रोकिएको उक्त आयोजना निर्माण सम्बन्धमा २०७१ साउन १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदा छलफल भएको थियो।

परराष्ट्रमन्त्री डा महतले भारतमा रहँदा त्यहाँका नेतासँग सीमा क्षेत्रमा डुबान, कृषि वस्तुको निर्यात, कमला डाइभर्सन, हुलाकी सडक, डडेल्धुरा, बैतडी र दार्चुला जोड्ने रिङ्रोड, थप नयाँ नाका खोल्नेलगायतका विषयमा छलफल भएको जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अासन्न भारत भ्रमणको तयारी स्वरुप परराष्ट्र मन्त्री महत आइतबार भारततर्फ गएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.