उपचारमा सघाउन दौड

उपचारमा सघाउन दौड

पोखराः आफूलाई लागेको क्यान्सरको उपचारका क्रममा दौडन सुरु गरेका अस्ट्रेलियाका टिम ब्लेयर बुधबार पोखराबाट काठमाडौंको दौड सुरु गर्दैछन्, क्यान्सरपीडित बालबालिकाको उपचारमा सघाउन ।

सुरुवाती चरणमै क्यान्सरको उपचार गरेर बाँचेपछि उनले आफ्नो पुरानो पेसा इन्जिनियरिङ चटक्कै छाडिदिए र सुरु गरे समाजसेवा । आफू भयानक रोग लाग्दा सुरुमै उपचार गराएर बाँचेको र सोही रोगले आफ्नै छोरीकी साथीले ज्यान गुमाएको थाहा पाएपछि उनी क्यान्सरपीडितका लागि उपचार र सहयोग रकम जुटाउन लागिपरेका छन् ।

बुधबारदेखि चार दिन लगाएर जब उनी पोखराबाट काठमाडौंसम्म दौडनेछन्, अस्ट्रेलियामा शुभेच्छुकहरूले रकम दिएर सहयोग गर्नेछन् । ‘म दौडँदा दाताहरूले सहयोग गर्नेछन्,’ ४७ वर्षीय ब्लेयरले मंगलबार पोखरामा पत्रकारसँग भने ।

क्यान्सर लागेको थाहा पाएपछि शरीर तन्दुरुस्त राख्न उनले व्यक्तिगत रूपमै दौडन थालेका थिए । ‘त्यसरी दौडँदा मेरो स्वास्थ्यमा फाइदा पुगेको थियो’, उनले प्रस्ट्याए । दौडेरै छारेरोगबाट पनि मुक्ति पाएको उनले बताए । ब्लेयरलाई सन् २०११ मा छातीको क्यान्सर लागेको थियो ।

क्यान्सरलाई जितेका अस्ट्रेलियन अल्ट्राधावक क्यान्सरपीडित बालबालिकाको उपचारमा सघाउन पोखरादेखि काठमाडौंसम्म दौडदै छन । 

अहिले उनी अस्ट्रेलियाका अल्ट्राधावकका रूपमा दौडिरहेका छन् । नेपाल पर्यटन बोर्डले उनलाई नेपालमा सघाइरहेको छ । उनी नेपालमा दौडिँदा पर्यटन प्रवद्र्धन हुने भएकाले सघाएको बोर्डका पोखराका अधिकृत सूर्य थपलियाले बताए । ‘भूकम्पछि नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देश विश्वका पर्यटकमाझ प्रवाह गर्न उनको दौड फलदायी हुनेछ’, थपलियाले भने ।

फेवाताल किनार बसुन्धरा पार्कबाट बुधबार दौड सुरु गरी चार दिनमा निर्धारित दुरी दुई सय दस किलोमिटर पूरा गरी काठमाडौं वसन्तपुरमा उनको दौड पूरा हुनेछ । उनका साथमा नेपाली अल्ट्राधावक राज प्रधान र नारायण आचार्य पनि दौडनेछन् ।

डुम्रे, मलेखु र धार्के हुँदै चौथो दिन उनीहरूको टोली काठमाडौं आइपुग्नेछ । अस्ट्रेलियामा जम्मा हुने पैसामध्ये केही ब्लेयरले सोलुखुम्बु जिल्लाको एक विद्यालयलाई दिने भएका छन् ।

सन् १९९० मा पहिलोपटक नेपाल आएका उनले त्यतिबेला भेटेका साथी राजन थापा र उनकी श्रीमती पेमा डोमा शेर्पाको सम्झनामा नेपालमा च्यारिटी दौड गर्ने योजना पहिल्यै बनाएका थिए । राजन र पेमाको निधन भइसकेको छ । पेमा डोमा उत्तरी र दक्षिणी दुवै मोहडाबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.