७० वर्षे बन्दैछन् सलमान

७० वर्षे बन्दैछन् सलमान

अहिलेसम्म आफूभन्दा कम उमेरको भूमिका निर्वाह गर्दै आएका बलिउड अभिनेता सलमान खान आफूभन्दा बढीको उमेरको अभिनय गर्ने भएका छन् ।

यशराज व्यानरबकाट बन्ने ‘एक था टाइगर’को सिक्वेल फिल्म ‘टाइगर जिन्दा है’मा सलमानको भूमिका १७ वर्षदेखि ७० वर्षसम्मको देखिने छ । सलमान पहिलोपटक पाको उमेरको अभिनयमा देखिन लागेका हुन् ।

फिल्म निर्माणका क्रममा निर्देशक पनि परिवर्तन गरिएको छ । कविर खानको सट्टा सुल्तानका निर्देशक अली अब्बास जफरले यस फिल्मको निर्देशन गर्नेछन् । सलमानलाई पहिले कहिल्यै नदेखिएको भूमिकामा यस फिल्ममा देखिने दाबी गरिएको छ ।

सुल्तानमा अली अब्बास जफरले सलमानलाई संर्घष गरेर बिजेता बनेका रेसलरको रुपमा देखाएका थिए भने अब टाइगर जिन्दा हैमा नयाँ रुपमा ल्याउने योजना बनाएका छन् । यस ब्यानरको यो फिल्मको कहानी भने गोप्य राखिएको छ ।

उक्त फिल्मको निर्माण सम्पन्न गरी आगामी २०१८को मे महिनामा इद पर्वका अवसरमा रिलिज गर्ने योजना छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.