रहनेन् प्रश्न सोध्ने गायक

रहनेन् प्रश्न सोध्ने गायक

‘गोरेटो अनि उस्तै छ गल्ली
कतै तिमी बदलियौ कि ?’

यसरी प्रश्न गर्ने गायक एवं संगीतकार सुनील बर्देवा अब रहेनन् । कलेजोको समस्याले उनलाई हामीबाट सधैंको लागि लिएर गयो । बुधबार साँझ उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । एक्कासि रगत बान्ता गरेपछि उनलाई अस्पताल पुर्याइएका थिए ।

मेट्रिक्सनामक ब्यान्डबाट गाउन सुरु गरेका बर्देवा मूलतः संगीतकार हुन् । पचासको दशकमा उदाएका धेरैजसो प्रख्यात पपगायकका गीतहरूमा उनले संगीत दिएका छन् । नवीन के. भट्टराई, योगेशराज अमात्य, नीमा रुम्बालगायतका धेरै गायकका गीतहरू उनको संगीतले सजिएका छन् । गितारिस्टको रूपमा उदाएका बर्देवाको गायनमा पनि रुचि थियो । साथीभाइको प्रोत्साहनमा उनले गीत गाउन सुरु गरेका थिए ।

पचासको दशकका धेरै पपगायकहरूको गीत उनले कम्पोज गरेका छन् । ‘गोरेटो अनि उस्तै छ गल्ली’, ‘आजभोलि’, ‘बिहानीमा’, ‘पर्खाइमा’ लगायतका गीतहरू उनको आवाजले सजिएका चर्चित गीत हुन् । ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका उनका एल्बम प्रकाशित छन् ।

एक छोरा र एक छोरी रहेका बर्देवाकी श्रीमतीको दुई वर्षअगाडि निधन भएको थियो । बर्देवाको बुधबार नै अन्त्येष्टि गरिएको छ । अन्त्येष्टीपूर्व उनको पार्थिव शरीर नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलिको लागि राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.