अब आवाजबाट बिजुली (भिडियोसहित)

अब आवाजबाट बिजुली (भिडियोसहित)


काठमाडौंः  केही यूवाहरुले अब आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भनेर प्रमाण देखाउने प्रयास गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको समयमा हावाबाट बिजुली निकाल्छु भनेर गरेको चर्चा सेलाउन नपाउदै केही युवाले आवाजबाट बिजुली निकाल्ने योजना बनाएका हुन्।

तरऽ यो प्रयास यथार्थ भन्दा पनि चलचित्रको पर्दामा मात्र देखिने छ । चलचित्रमा युवाहरुले आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भनेर प्रमाणित खोज्ने प्रयास गरेका छन् ।  

नविन अवालले निर्देशन गरेको चलचित्र ‘बिजुली मेसिन’को ट्रेलरले यस्तै कथा देखाएको छ ।  नेपालको पहिलो साइन्स फिक्सन चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २६ गते प्रदर्शनको तयारी गरिएको चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको हो ।

सिलौटी इन्टरटेनमेन्टको ब्यानरमा नवीनले निर्देशन गरेको फिल्मको ट्रेलरमा हावाबाट आवाजबाट बिजुली निकाल्न युवाहरूले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।

चलचित्रले आम नेपालीको दैनिकीलाई समेटेको छ । ऊर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र आम नेपालीमा देखिएको असहजता र अभावलाई चलचित्रले कलात्मक ढंगले देखाउने निर्देशक अवालले बताए ।

‘फिल्मले नयाँ आविष्कारको निम्ति प्रयासरत साइमननामक एक विद्यार्थी र अलौकिक क्षमता भएको विज्ञान संकायकै उसको साथी प्रतीकको कथालाई प्रस्तुत गरेको छ,’ निर्देशक अवालले भने,‘यी दुवै विद्यार्थी समाजमा वैकल्पिक ऊर्जास्रोत खोजी गर्नका लागि संघर्षरत रहन्छन् ।’

नवीन लेखन रहेको चलचित्रमा अभिनेता राजेश हमाल विशेष भूमिकामा देखिनेछन् । ऋषव आचार्य, सञ्जीव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको लगानी रहेको चलचित्रमा अभिषेक सुवेदी, जीवन अधिकारी, अशेष लुइँटेल, जीवन भट्टराई, रेलिजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुसाल, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.