प्रधानमन्त्री दाहाललार्इ भारतमा राजकीय सम्मान

प्रधानमन्त्री दाहाललार्इ भारतमा राजकीय सम्मान

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतमा राजकीय सम्मान दिइएको छ । भारत भ्रमणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्रीलाई शुक्रबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

चार दिने भ्रमणका क्रममा बिहीबार दिल्ली पुगेका प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नेछन् ।

स्थानीय समय अनुसार बिहान ९ बजे माहात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्रीले गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नु एक दिनअघि नेपाली दूतावास नयाँदिल्लीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्ध मजबुत रहेको समेत बताए ।

'नेपाल र भारत राम्रो सम्बन्ध भएका बेलाका मात्र मित्र होइनन् । चाहिएको बेला मद्दत गर्ने मित्र हुन्', भारतीय विभिन्न दलका नेता, पूर्वकूटनीतिज्ञ र सञ्चारकर्मीमाझ उनले भने, 'सदीयौंदेखिको हामीबीचको सम्बन्ध समानता र संस्कृतिका हिसाबले निकट रहँदै आएको छ ।' दाहालले नेपाल र भारतका जनताको साझा भाग्य एकअर्कामा मिसिएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.