प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

नयाँदिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री सुष्मा स्वारजबीच शिष्टाचार भेटवार्ता भएको छ।

भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भ्रमणको दोस्रो दिन भारतीय विदेशमन्त्री स्वराजलाई भेटेका हुन्।

भारतीय राष्ट्रपति भवनमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी हित र सम्बन्धबारेमा उनीहरुबीच छलफल भएको थियो। विदेशमन्त्री स्वराजसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक पनि सहभागी थिए।

स्वराजसँग भेट गर्नुअघि प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्प अर्पण गरेका थिए। प्रधानमन्त्री प्रचण्डले शुक्रवारै भारतका राष्ट्रपति प्रणव मुखर्जी र समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.