मूत्र पत्थरीको होमियोप्याथिक उपचार 

 मूत्र पत्थरीको होमियोप्याथिक उपचार 

किडनी (मिर्गोला) स्टोन अर्थात् पत्थरी आमरूपमा देखा पर्ने समस्या हो । मिर्र्गोलाको पत्थरीलाई (नेफ्रोलिथियसिस) या किड्नीको पथरीका रूपमा जानिन्छ । पत्थरी सानादेखि ठूलासम्मलाई हुन्छ । एकै व्यक्तिमा एक वा एकभन्दा बढी पत्थरी हुन सक्छ ।

पत्थरी प्रायः किड्नी, मूत्रमार्ग र मूत्रबाहिनी नलीमा देखिन्छ । बिरामीको पिसाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तŒव पिसाबसँग घोलिएपछि जमेर स्टोन (ढुंगा) को रूपमा परिणत हुन्छ । क्याल्सियम, फसफोरस, युरिक एसिड, सिस्टिन र कैयौं तत्वहरूले स्टोन बनाउँछ । मूत्रपत्थरी एकदिनमा बन्ने होइन, पत्थरी बन्नलाई पनि वर्षौं समय लाग्दछ ।

पत्थरीले पिसाबको बाटो बन्द गरिदिन्छ । यसले किड्नीको संक्रमण तथा फेल हुने जोखिम उच्च बनाउँछ । मिर्गौलाको पत्थरी स-साना आकारमा पनि हुन्छन् । कतिपय साना ढुंगा पिसाबबाट आफैं निस्किरहन्छन् । कुनै पीडा नदिई यी बाहिर निस्किन्छन्, जुन हामीलाई थाहा पनि हुँदैन ।

संयुक्त राज्य अमेरिकामा लगभग एक लाख मानिस प्रत्येक वर्ष मिर्गौलाको स्टोनको उपचार गराइरहेको तथ्य त्यहाँको मधुमेह राष्ट्रिय संस्थानको वार्षिक रिपोर्टमा प्रकाशित छ । किड्नी स्टोनको प्रकारमा क्याल्सियम आधारित किड्नी स्टोन सबैभन्दा बढी देखिन्छ । यो प्राय २०/३० वर्षको उमेरको युवाअवस्थामा देखिन्छ । महिलामा निकै कममात्र यो स्टोन देखिन्छ ।

. सिस्टाइनः यो पत्थरी आनुवंशीय विकारको रूपमा देखिन्छ । जुन यदाकदा पाइन्छ । महिला तथा पुरुष दुवैमा यो पत्थरी हुन्छ ।

.स्ट्रभाइटः यो पत्थरी धेरैजसो यूटीआई मूत्रमार्गको इन्फेक्सनका साथै माहिलामा देखिन्छ । यो अलि ठूलो आकारमा हुन्छ । यसले मूत्रमार्गमा अवरोध सिर्जना गर्नसक्छ ।

.युरिक एसिड- युरिक एसिडमा आधारित पत्थरी माहिलाको तुलनामा पुरुषमा बढी देखिन्छ । गठिया बात भएका बिरामी या केमोथेरापीको माध्यमले बाँचिरहेका व्यक्तिमा किड्नी स्टोन बढी हुन्छ ।

.औषधिको प्रयोग- केही ऐलोपेथिक औषधिको नियमित प्रयोगले पनि पत्थरी हुन सक्छ । ट्राइमटेभेन, एस्क्लोभिर आदि ।

कारण

मिर्गौलामा पथरी हुने कारणमा केही खाद्यपदार्थ अति संवेदनशील हुन्छन् । जसको नियमित सेवनले पत्थरीको गठन गर्नमा बढावा दिने काम गर्दछन् । जस्तै पालुंगो, गोलभेंडा, चिया कफी र चक्लेट आदि । त्यस्तै जो व्यक्ति शरीरलाई चाहिनेभन्दा काम पानीको सेवन गर्दछन् र पर्याप्त मात्रामा तरल पदार्थ आहारमा लिँदैनन् उनीहरूलाई पनि किड्नीको पत्थरी हुने बढी सम्भावना रहन्छ । परिवारमा कसैलाई मिर्गौलाको पत्थरी छ भने त्यस परिवारका अन्य व्यक्तिलाई पनि पत्थरी हुने सम्भावना बढी हुन्छ ।

निर्जलीकरण

प्रत्येक दिन प्रयोग गरिने पानीको मात्रामा कमी भयो भने पत्थरी हुन्छ । गर्मी मौसममा बस्ने तथा अत्यधिक पसिना आउने व्यक्तिमा डिहाडेसनले गर्दा अरू मानिसको तुलनामा पत्थरी हुने सम्भावना बढी हुन्छ । हरियो सागपात, नट्स, चिया कफी, चक्लेटको रूपमा आक्जलेटयुक्त खाद्यपदार्थ सेवन गर्नाले पनि मिर्र्गौलामा पत्थरी बन्नमा सहयोग गर्छ । अतः किड्नीमा पत्थरी भएका बिरामीले उपरोक्त खाद्यपदार्थ सेवन नगर्नु बेस हुन्छ । सामान्य व्यक्तिले पनि माथि उल्लेखित खाद्यपदार्थ उचित मात्रामा प्रयोग गर्नु उत्तम हुन्छ ।

लक्षण

किड्नीमा या युरेटरमा पत्थरी भए पनि सुरुमा कुनै प्रकारको लक्षण देखिँदैन । कुनै कारणवश किड्नीबाट पत्थरी बाहिर निस्किने क्रममा मूत्रमार्गमा अड्किन गई अवरोध भएमा बिरामीलाई निम्नलिखित लक्षण देखापर्दछ ।

. पिसाब रोकिनु

.बारम्बार पिसाब फेर्न इच्छा हुनु

.कोखातिरबाट दुखाइ सुरु भएर तलतिर जानु- पिठ्यूतिर पनि दुःखाइ महसुस हुनु वा सर्नु

.पिसाबमा रगत आउनु

.पिसाब पोल्नु, संक्रमण हुनु तथा दुःखाइको क्रममा वाकवाकी तथा बान्तासमेत हुनु

-पिसाब धमिलो तथा दुर्गन्धित हुनु- सामान्यभन्दा बढी पटक पिसाब लाग्नु

बालबालिकाको हकमा भने पिसाब गर्ने बेला पिसाब फेर्ने अंग समातेर लडिबुडी गर्नु, रुनु, कराउनु ऊफ्रिनु आदिजस्ता लक्षणहरू देखा पर्छन् ।

रोगको निदान

पत्थरी भएको धेरैजसो त्यतिबेला थाहा हुन्छ जब अन्य कुनै रोगको उपचारका लागि पैथोलोजिकल टेस्ट गर्दा किड्नीमा पत्थरी भएको पाइन्छ या पिसाबमा संक्रमण भई पिसाब रोकिएमा मात्र यो थाहा हुन्छ ।

किड्नीमा पत्थरीको निदानका लागि ल्याबटेस्ट गर्दा ब्लडटेस्टमा क्याल्सियम, फसफोरस, युरिक एसिडको जाँच गरिन्छ । पिसाबको विश्लेषण गरिन्छ । जसमा क्रिस्टल, बेक्टेरिया, रगत र सेतो रक्तकण हेरिन्छ । केयूबी, एक्स–रेको साथै अल्ट्रासोनोग्राफी (भिडियो एक्स–रे) पनि गराइन्छ । यी पैथोलोजिकल टेस्टबाट किड्नीको पत्थरी कहाँ छ र कुन अवस्थामा छ भन्ने थाहा हुन्छ । त्यसपछि मात्र चिकित्सकले उपचारको उपाय अपनाउँछ ।

उपचार

पत्थरी यदि ५ एमएमभन्दा सानो छ भने कुनै प्रकारको दुखाइ वा लक्षण न देखाइकन पिसाबको माध्यमबाट बाहिर निस्किन्छ । यसका लागि औषधिको आवश्यकता पर्दैन । दुःखाइ धैरे भयो र धेरै मात्रामा रगत आइरहेको छ भने त्यस बेला अपरेसनको आवश्यकता हुन्छ । १० मिमिभन्दा ठूलो आकारको पत्थरी कहिल्यै पनि पिसाबबाट निस्कन नसक्ने हुन्छ । एलोप्याथिक मतअनुसार यसको अपरेसनबाहेक अन्य विकल्प हुँदैन ।

एलोप्याथिकमा लिथोट्रिपसीको माध्यमले किड्नीमा रहेको पत्थरीलाई फुटाएर निकाल्न इलेक्ट्रोनिक ध्वनिको प्रयोग गरिन्छ । यसैगरी टनल सर्जरी प्रक्रियाअन्तर्गत बिरामीको पिठ्यूतिर एउटा सानो प्वाल बनाई पत्थरी निकाल्ने काम गरिन्छ ।

पत्थरीले पिसाबको बाटो बन्द गरिदिन्छ । यसले किड्नीको संक्रमण तथा फेल हुने जोखिम उच्च बनाउँछ । मिर्गौलाको पत्थरी स–साना आकारमा पनि हुन्छन् । कतिपय साना ढुंगा पिसाबबाट आफैं निस्किरहन्छन् । 

सल्लाह, सुझाव

स्टोन हुन नदिन दिनमा तीन-चार लिटर पानी अनिवार्य पिउनुपर्छ । पानीको कमी भयो भने केमिकल्स कन्सेन्टर्सन बढ्दछ, पानी बढी भयो भने कन्सट्रेसन कम हुन्छ । पिसाब आउँदा रोक्नु हुन्न, पिसाब रोक्दा केमिकल्स कन्सेन्टेरसन बढ्दछ । किड्नीको कुनै बिरामी वा संक्रमण छ भने तुरुन्त उपचार गराउनुपर्दछ । किड्नीका सबै रोगहरू स्थायी हुँदैनन् ।

होमियोप्याथिक उपचार

किड्नीको पत्थरीको उपचारका लागि सबैभन्दा राम्रो विकल्पमध्ये एक होे होमियोप्याथिक पद्धति । होमियोप्याथिक औषधिहरूको सेवनले किड्नीमा रहेका पत्थरीहरू स्वाभाविक रूपमा गलेर पिसाबको बाटो भई बाहिर निस्कन्छन् । तपाईंको किड्नीमा एक वा एकभन्दा बढी पत्थरी देखिएमा अपरेसन वा अन्य उपचार गराउनुभन्दा अगाडि योग्य होमियोप्याथिक चिकित्सकसँग एकपटक परामर्श अवश्य लिनु उत्तम हुन्छ । बिरामीको पत्थरीको उपचारमा मानसिक एवं शारीरिक लक्षणको आधारमा सफलतापूर्वक प्रयोग हुन केही औषधिहरू यस्ता छनः
.लाइकोपोडियम
.सारसापरिला
.टेबेकम
.केन्थरिस
.नक्सवोमिका
.बेलाडोना
.हाइड्रेन्जिया
.नाइट्रिकएसिड
.बल्वेरिस भल्गेरिस
.बेन्जोइक एसिड
.पेरिरा ब्राबरा आदि ।
उल्लेखित होमियोप्याथिक औषधि योग्य तथा अनुभवी चिकित्सकको सल्लाह लिएरमात्र प्रयोग गर्नु उचित हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.