सबैलाई समेटेर संविधान कार्यान्वयन गर्न मोदीको सुझाव

सबैलाई समेटेर संविधान कार्यान्वयन गर्न मोदीको सुझाव

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल संविधान कार्यान्वयन गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सवैको भावनालाई समेट्दै नेपाल संविधान कार्यान्वयन गर्न सफल हुने विश्वास व्यक्त गरेका हुन्।

प्रधानमन्त्री मोदीले संविधान कार्यान्वयनको विषय निकाल्दै मधेसवादी दलका मागलाई प्रति इंकित गरे। मोदीले भारत नेपालको विकास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नेपालसँग विकास निर्माण तथा आर्थिक विकासबारे सहकार्य र साझेदारी गर्न तयार रहेको बताए।

मोदीले सम्बोधनका क्रममा निर्मण भइरहेका जलविद्युत आयोजनाको काम समयमै सक्ने विषयमा पनि दुई देशबीच सहमति भएको बताए। मोदीले चालू जलविद्युत आयोजनाको निर्माणको कामलाई तिब्रता दिन पनि भारत सहमत भएको बताए। नेपाल र भारतबीच समयमै चालू विकास निर्माणका आयोजनाहरु सम्पन्न गर्ने पनि सहमति भएको मोदीले बताए।

सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले १ सय ५० मिलियन सहुलियतपूर्ण ऋण नेपाललाई दिन सहमत भएको जानकारी दिए। खुल्ला सीमा भएका कारण बेलाबेलामा त्यसको दुरुपयोग हुने गरेको प्रति भारत सचेत रहेको भन्दै त्यसको समस्या समाधान गर्न सुरक्षा अवस्था कडा पार्न सहमत भएको बताए।

मोदीले भारतले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि चाहेको बताए। चालु विद्युत परियोजना अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको बताए। मोदीले भारत ट्रान्समिसन लाइन विस्तार गर्न पनि सहमत भएको बताए। मोदीले नेपालका प्रधानमन्त्रीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइ दिने बताए।मोदीले नेपाल–भारतबीच कास्कीको ढुकुर पोखरीमा पोलिटेक्नीकल इन्टिच्यूट स्थापनाका लागि सम्झौता भएको बताए।

संविधान जारी गर्नु एेतिहासिक उपलब्धि: प्रचण्ड

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी गर्नु एेतिहासिक उपलब्धि भएको बताए।

आफू नेतृत्वको सरकार संविधानलाई सर्वस्वीकार्य बनाउन प्रतिबद्ध रहेको भन्दै प्रचण्डले संविधान कार्यान्वयनका लागि असन्तुष्टहरुलाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताए।

प्रचण्डले नेपाललाई भारतले गर्दै आएको सहयोगको प्रसंशा गर्दै सहयोगका लागि धन्यवाद समेत दिए। प्रचण्डले नेपालको विकासमा भारतसँग थप सहयोगको अपेक्षा पनि रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.