बाह्य शक्ति संविधान असफल बनाउन सक्रिय: रावल

बाह्य शक्ति संविधान असफल बनाउन सक्रिय: रावल

भीमदत्तनगर: नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधान संशोधनका विषयमा स्पष्ट धारणा आउनुपर्नेमा जोड दिएका छन्।

बुद्धिजीवी परिषद् कञ्चनपुरले शुक्रवार भीमदत्तनगरमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयनका चुनौती विषयक गोष्ठीमा उनले संविधान संशोधन केका लागि हो स्पष्ट पार्नु पर्ने आवश्यकता औल्याए।

संविधानको कुन धाराले कुन समुदाय, कुन जाती र वर्गको अधिकार कुण्ठित गरेको छ त्यस विषयमा स्पष्ट पारियोस् एमाले त्यसका लागि पछि नहट्ने रावलले बताए।

नेकपा एमाले नेतृत्वको सरकारले लोकप्रिय बजेट ल्याएपनि बाह्य शक्तिको चलखेलका कारण सरकार ढालिएको दाबी गर्दै उनले भने,‘अहिले पनि बाह्य शक्ति संविधान असफल बनाउने तर्फ सक्रिय भएर लागेका बेला जनता चनाखो हुनुपर्ने बेला आएको छ।’ रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.