चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

बाबियाचौर: म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ४५ वर्षीया थलकुमारी सुवेदी (सावित्री)को मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए। 

घाइते रुपा कार्की, मनिसरा घिमिरे र चिनु घिमिरेलाई उपचारका लागि राति नै धौलागिरि अञ्चल अस्पताल बागलुङ लगिएको स्थानीय बासिन्दा हिराबहादुर थापाले बताए। 

दुईजना सामान्य घाइतेको घरमै उपचार भइरहेको छ। घटनास्थलमा बेनीबाट प्रहरी टोली गएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.