प्रधानमन्त्री प्रचण्ड र भारतीय अर्थमन्त्रीबीच भेटवार्ता
नयाँदिल्लीः भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय अर्थ मन्त्री अरुण जेटीसँग भेटवार्ता गरेका छन् ।
प्रचण्डको भ्रमणको दोस्रो दिन भारतीय राष्ट्रपति भवनमा अर्थमन्त्री जेटीले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । त्यस्तै भर्खरै प्रधानमन्त्री प्रचण्डले भारतीय विद्युत मन्त्री पियूष गोयलसँग समेत भेटवार्ता गरेका छन् ।
साँझ ६ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणम मुखर्जीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।