मधेसी दलको माग पूरा हुन्छः देउवा

मधेसी दलको माग पूरा हुन्छः देउवा

काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी दलको माग पूरा हुने बताएका छन् ।

इभेन्ट एन्ड भेन्यु एसोसिएसन अफ नेपालको छैटौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले मधेसी दलका माग वार्ता र छलफलबाट समाधान हुने बताए ।

उनले भने, ‘१०० प्रतिशत माग कसैको पनि पूरा हुन सक्दैन तर जायज माग छलफल गरेर टुङ्ग्याउन सकिन्छ ।’  उनले सबै दलको प्रयासबाट संविधान कार्यान्वयन गरी मुलुकलाई विकासको बाटामा अगाडि लैजानुपर्ने बताए ।

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले १६ महिनाभित्र तीन वटै निकायको निर्वाचन नगरे संविधान धरापमा पर्ने बताउँदै संविधान कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवालले देशलाई आर्थिक रुपमा अगाडि बढाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।

एसोसिएसनका अध्यक्ष अनिल शर्माले भूकम्पका समयमा पार्टी प्यालेसले जनतालाई बासको व्यवस्था गरेको बताउँदै पार्टी प्यालेससँग लिने करमा केही सहुलियत दिन सरकारसँग आग्रह गरे । कार्यक्रममा एसोसिएनमा आबद्ध पार्टी प्यालेस तथा क्याटरिङका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.