आफ्नै बन्ध्याकरण गर्ने चिकित्सकलाई लाइफटाइम अवार्ड

आफ्नै  बन्ध्याकरण गर्ने चिकित्सकलाई लाइफटाइम अवार्ड

काठमाडौँ: नेपाली स्वास्थ्य क्षेत्रको सुधारका लागि महत्वपूर्ण भूमिका खेलका विभिन्न सात व्यक्ति तथा संस्थालाई हेल्थ अवार्ड २०७३ बाट सम्मान गरिएको छ ।

स्वास्थ्य सेवा क्षेत्रको लाइफटाइम एचिभमेन्ट अवार्ड आफ्नै र अन्य ३० हजार जनाको बन्ध्याकरण गरेका डा. टीकामान बैद्यलाई दिइएको छ । स्वास्थय खवर पत्रिकाको वार्षिक उत्सवको अवसरमा आयोजना गरीएको कार्यक्रममा पहिलोपटक लाइफटाइम अचिभमेन्टबाट उनलाई सम्मानीत गरिएको हो ।

यस वर्षको उत्कृष्ट चिकित्सको रुपमा जनकुर आँखा अस्पतालका डा. डाक्टर डा रामचन्द्र झा, उत्कृष्ट नर्स तेह्रथुम हमरजुङ इलाका स्वास्थ्य चौकीमा कार्यरत सिर्जना श्रेष्ठ, उत्कृष्ट स्वास्थ्यकर्मीमा १९ वर्षदेखि हुम्लामा कार्यरत खडानन्द न्यौपानेलाई अवार्डद्धारा सम्मान गरिएको छ ।

यस्तै, देशका ७५ जिल्ला मध्ये ६९ जिल्लामा गएर काम गरेकी मंगला मानन्धरलाई यस वर्षको उत्कृष्ठ जनस्वास्थ्य अवार्ड दिइएको छ। यस वर्षको उत्कृष्ठ अस्पतालको रुपमा आछाम समुरमुकामा रहेको जिल्ला अस्पताल परेको छ ।

त्यसैगरी पोलीयो उन्मुलन गर्नको लागि सहयोग गरेकोल रोटरी इन्टरनेस्नल यस वर्षको उत्कृष्ट संघसंस्था पर्न गएको छ । उनीहरुलाई स्वास्थ्य मन्त्री गगन थापा, स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती, स्वामी आनन्द अरुण लगायतले सम्मान गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.