विज्ञ भन्छन्ः प्रचण्डले गलत सम्झौता गरे खारेज हुन्छ

विज्ञ भन्छन्ः प्रचण्डले गलत सम्झौता गरे खारेज हुन्छ

काठमाडौँ: प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गलत सम्झौता भए जनताले खारेज गर्ने विभिन्न क्षेत्रका विज्ञले गरेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत बचाऔं अभियानले आयोजना गरेको ‘कोसी, कर्णाली र पञ्चेश्वर’ विषयको अन्तरक्रियामा सहभागी विज्ञले राष्ट्रको हित विपरीत गरिने सम्झौतालाई नागरिकले आफैं खारेज गर्ने बताएका हुन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले राज्यले देशको प्राकृतिक स्रोत बचाउन र परिचालन गर्न कुनै कसुर बाँकी राख्न नहुने र कुनै पनि प्राकृतिक स्रोतको उपयोग देशको हितमा हुनुपर्नेमा जोड दिए ।

पत्रकार प्रेम कैदीले सूचना र सञ्चार राष्ट्र हितका पक्षमा रहेसम्म मुलुकको राष्ट्रियता र स्वाधीनता कमजोर नहुने विचार व्यक्त गरे ।

अभियानका संयोजक रामशरण न्यौपाने, सीमाविद् चेतेन्द्रजङ्ग हिमाली, डा शास्त्रदत्त पन्त, प्रा डा सुरेन्द्र केसी, पञ्चेश्वर तथा पश्चिम बचाऔँ अभियानकर्मी रामचन्द्र चटौत र ग्रेटर नेपाल अभियानका संयोजक फणीन्द्र नेपालले अहिलेसम्मका सरकारले देशलाई बेफाइदा हुने गरी सम्झौता गरेको बताउँदै सबै देशभक्त नेपालीले देशमाथि भइरहेको बाह्य हस्तक्षेपको प्रतिरोध गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.