पूर्वराष्ट्रपति यादव सरकारी खर्चमा उपचारका लागि अमेरिका जाने

पूर्वराष्ट्रपति यादव  सरकारी खर्चमा उपचारका लागि अमेरिका जाने

काठमाडौंः पूर्वराष्ट्रपति डा. रामबरण यादव स्वास्थ्य उपचारका लागि अमेरिका जाँदैछन्। अमेरिका जानु अघि पूर्वराष्ट्रपति यादवले उपचारका लागि सहयोग गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।

उपचारका लागि अमेरिका प्रस्थान गर्नुअघि शनिवार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति यादवले आफ्नो उपचारका लागि आर्थिक एवम् प्रशासनिक सहयोग गरिदिएको भन्दै नेपाल सरकारलाई समेत धन्यवाद ज्ञापन गरेका हुन्।

यादवले आफू चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने पनि बताएका छन्। अघिल्लो महिना उपचारका लागि भारत गएका बेला पूर्वराष्ट्रपति यादवको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि चिकित्सकहरुले गरेका थिए।

यादवको अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा असोज १० शल्यक्रिया हुने छ।

चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षितरुपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार आफू आवश्यक उपचारका लागि अमेरिका जान लागेको पूर्वराष्ट्रपति यादवले उल्लेख गरेका छन्।

पूर्वराष्ट्रपति यादवको उपचारका लागि सरकारले पेश्की स्वरूप ६० लाख रुपैयाँ दिइसकेको छ। स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट व्यक्तित्वहरुको उपचार पनि संभव भएसम्म स्वदेशमै गर्नुपर्ने प्रस्ताव राखेका थिए। केही विशिष्टलाई उपचारका लागि विदेश जान खर्च उपलब्ध गराउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले  राखेको प्रस्तावमा गगनले आपत्ति जनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.