प्रधानमन्त्री प्रचण्डलाई भारतीय घरेलु उद्योग राज्यमन्त्रीले बिदा गरे

प्रधानमन्त्री प्रचण्डलाई भारतीय घरेलु उद्योग  राज्यमन्त्रीले बिदा गरे

नयाँदिल्लीः भारतको चार दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भारतीय घरेलु उद्योग राज्यमन्त्री गिरीराज सिंहले इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आएर बिदा गरेका हुन् ।

आइतबार दिउँसो २ बजे दिल्लीबाट उडेका प्रधानमन्त्री केही बेरमा काठमाडौँ पुग्ने छन् । बिहीबार दिउँसो दिल्ली आएका प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गरे।

भातरत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग एकल र उच्च प्रतिनिधिसँग संयुक्त रुपमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलन गरेर नेपाल र भारतबीचको सम्बन्धलाई सधैँ मित्रवत रहने विश्वास दिलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भूकम्पपछिको पुननिर्माण र हुलाकी राजमार्ग निर्माण सम्बन्धी तीन बुँदे सम्झौतामा हस्ताक्षर भएको छ भने दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तव्य समेत जारी गरेका छन् ।

२५ बुँदामा समेटिएको संयुक्त वक्तव्यमा नेपाल र भारतका सन्धि सम्झौता र विकास निर्माणका विषयमा भएका सम्झौता कार्यान्वयनका विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

बिहीबार भारत आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.