‘सन्नीको मुख्य काम नै पोर्न फिल्म खेल्नु हो’
एजेन्सीः बलिउडमा ‘कन्टोभर्सियल क्विन’का रूपमा चिनिएकी राखी सावन्तले सन्नी लियोनको मुुख्य काम पोर्न फिल्म नै गर्नुु भएको आरोप लगाएकी छन् ।
सावन्तले हालै दिएको अन्तरवार्तामा सन्नी लियोनले शाहरुख खानका साथ गरिएको आइटम गीतका बारेमा सोधिएको थियो ।
‘रइस’ नामको फिल्ममा उनले शाहरुखसँग आइटम डान्स गरेकी छन् । राखीले भनेकी छन्, ‘केही आइटम गरेपछि सन्नी पक्कै पनि निकालिनेछन्, किनकि उसको काम भनेको पोर्न फिल्म गर्नुु नै हो ।’
भर्खरै एउटा फिल्ममा प्रमुुख भूमिका पाएकी राखीले आफूमा नायिका बन्न कुुनै सौख नभएको बताएकी छन् । ‘एक कहानी जुुली की’ मा प्रमुुख रोल गर्ने भएकी छन् । उनलाई पहिलो पटक लिड रोल मिलेको छ ।
तर उनले आफूलाई हिरोइनभन्दा डान्सर बन्नुु नै रमाइलो लाग्ने बताएकी हुुन् । ‘म आइटम गर्ल नै हुुन चाहन्छुु तर मौका मिल्यो भने चौका, छक्का मार्नुुपर्छ’, राखीले भनेकी छन् ।