हचुवा पारामा संविधान संशोधन हुँदैनः नेपाल

हचुवा पारामा संविधान संशोधन हुँदैनः नेपाल

बनेपाः एमाले नेता माधवकुमार नेपालले एमालेको परामर्शबिना संविधान संशोधन हुनै नसक्ने बताएका छन् ।

एमाले काभ्रेपलाञ्चोकले आइतबार बनेपामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले हचुवाका पारामा संविधान संशोधन गर्नु नहुने बताए ।


‘राजनीतिक संरचना र कानुनको निर्माण तथा स्थानीय निर्वाचन भए संविधानको कार्यान्वयनतर्फ मुुलुक अगाडि बढ्छ’, पूर्वप्रधानमन्त्री नेपालले भने ।

यसअघि बनेपास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको दसौँ वार्षिकोत्सव कार्यक्रममा नेता नेपालले एमालेलाई अलग गरेर राष्ट्रिय राजनीति अघि जान नसक्ने बताउदै नेता नेपालले भने, ‘हामी स्भाभिमानी छौँ, छिमेकीले आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन ।’ ।

नेता नेपालले जात र धर्मका नाममा राजनीति गर्दा जनतालाई बेफाइदा हुने बताए । उनले संविधान कार्यान्वयन सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयन नभए २०७४ माघ ४ गतेदेखि संवैधानिक जटिलता आउने तर्क गरे। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.