महिला व्यवसायीलाई युनिलिभरको लगानी

 महिला व्यवसायीलाई युनिलिभरको लगानी

काठमाडौः मध्यपश्चिम र सुदूरपश्चिम विकास क्षेत्रमा उच्च सम्भावना भएका सयजना साना उद्यमी तयार पार्न र्‍याप थ्री कनेक्ट, युनिलिभर नेपाल र प्रभु बैंकको संयुक्त लगानीमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

हालसम्म पनि व्यवसायीकरणमा महिलाको न्यून प्रतिनिधित्व छ । त्यसलाई बढाउने उद्देश्यका साथ ‘संयोजन’ ले यस्तो कार्य गर्न लागेको हो । यो संस्था यूके एडको अनुदानमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रमको एउटा शाखा हो । यसले यूनिलिभर नेपाल र प्रभु बैंकको संयुक्त साझेदारीमा काम गर्नेछ ।

यूनिलिभर नेपालले महिला उद्यमशीलता प्रवद्र्धनका लागि ‘हाम्री दिदी’ कार्यक्रम पनि सञ्चालन गरेको छ । यस कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका विपन्न वर्गका महिलालाई उद्यमशीलता, स्वास्थ्य, सरसफाइसम्बन्धी तालिम तथा परामर्श दिई उनीहरूलाई दिगो आयआर्जनको अवसरका साथै समुदायमा स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना प्रवाह गर्ने जिम्मेवारीसहित परिचालन गरिने कम्पनीले जनाएको छ ।

अछाम, बाजुरा, दैलेख, डोटी र जुम्लाबाट छनोट भएका सयजना महिलालाई काठमाडौंमा कार्यक्रम आयोजना गरी आवश्यक तालिम तथा परामर्श प्रदान गरिसकेको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सोमबार आयोजित कार्यक्रम समापनमा उनीहरूलाई प्रमाणपत्र वितरण गरे । नेपालले युनिलिभर, प्रभु बैंक तथा र्‍याप थ्री कनेक्टको साझेदारीमा महिला सशक्तीकरण अभियान धेरै महत्वपूर्ण भएको बताए । यसका लागि प्रभु बैंकले प्रतिमहिला १५ हजार रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.