जियोनीले दुबई घुमाउने
काठमाडौः आउँदै गरेका चाडपर्वको उपलक्ष्यमा जियोनीले ‘जियोनी उत्सव अफर, दुबई सफर’ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत हरेक जियोनी स्मार्टफोनको खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । यस कार्डमार्फत एक्सक्लुसिभ गिफ्ट, ५० जियोनी एफ १०३ प्रो मोबाइल सेट, वा १२ वटा चार दिन तीन रातको दुबई ट्रिप जित्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना असोज १५ बाट कात्तिक ४ गतेसम्म लागू हुनेछ ।