आर्क इन्टरनेसनल नेपालमा

आर्क इन्टरनेसनल नेपालमा

काठमाडौः टेबल वेयरमा विश्वको अग्रणी कम्पनी आर्क इन्टरनेसनल नेपालमा प्रवेश गरेको छ । नेपालमा इन्टरनेसनल डिस्ट्रिब्युटर्स प्रालिले यसलाई भित्र्याएको हो ।

यो कम्पनीले ड्रिंक्स र डाइनिंगका लागि चाहिने ग्लासवेयर र ओपलवेयर प्रडक्टका लागि आर्क इन्टरनेसनलको डिलरसिप लिएको छ । आर्क इन्टरनेसनलअन्तर्गत लुमिनार्क, इन्डाउर, क्रिस्टल डे आर्कजस्ता ब्रान्ड छन् ।

लुमिनार्कका प्रडक्ट वाइन र क्रियटिभ कुजिनका लागि स्टाइलिस र इनोभेटिभ छन् भने क्रिस्टल डे आर्क सबैले किन्न सक्ने ग्लास, भास, डेकोरेटिभ एसेसरिजको कलेक्सन हो जुन राम्रो र स्टाइलिस रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाली घर र होटल, रेस्टुरेन्टमा पुग्ने लक्ष्य लिएको छ । कम्पनीले फुड, वेभरेज एन्ड हस्पिटालिटी एक्स्पो २०१६ बाट सर्वसाधारणका लागि आफ्ना उत्पादन लन्च गरेको र बिक्री सुरुवात भइसकेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.