आईएमईको हात खाली नहुने योजना

आईएमईको हात खाली नहुने योजना

काठमाडौः आईएमई लिमिटेडले दसैंका अवसरमा ‘आईएमई हात हुँदैन खाली’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले गत शनिबारदेखि असोज ३० गतेसम्म लागू हुनेगरी यो योजनामा एक सय ४७ आईएमई सेन्टरसहित पाँच हजार दुई सयभन्दा बढी रेमिट्यन्स भुक्तानी काउन्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् ।

यस योजनाबाट श्रम एवं विभिन्न उद्देश्यले प्रवासमा रहेका नेपालीले आईएमईमार्फत स्वदेशमा पैसा पठाई उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टिसर्ट, क्याप, टर्च, सपिङ ब्याग, पेन, स्टेसनरी सेट उपहार पाउने व्यवस्था छ । निश्चित उपहारका साथै दैनिक लक्की ड्रमा विजयी हुने १० जनालाई जनही दुईवटाको दरले तीन सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराइने कम्पनीले जनाएको छ । साप्ताहिक लक्की ड्रअन्तर्गत प्रत्येक हप्ता चार थान यूएम स्कुटर उपहार दिने आईएमईको योजना छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.