मधेस आन्दोलनका घाइतेको उपचारका लागि झन्डै डेढ करोड निकासा

मधेस आन्दोलनका घाइतेको उपचारका लागि झन्डै डेढ करोड निकासा

काठमाडाैं: सरकारले मधेस आन्दोलनका घाइतेहरुको उपचारका लागि एक करोड ४० लाख रुपैयाँ निकासा दिने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका क्रममा घाइते भएका मधेसवादी दलका कार्यकर्ताको उपचारमा लागेको एक करोड ४० लाख रुपैयाँ निकासा गराउने निर्णय गरेको हो।

यसअघि मधेसी मोर्चाले सरकारलाई मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारमा झन्डै डेढ करोड रुपैयाँ खर्च भएको विवरण बुझाएको थियो। मोर्चाले बुझाएको विवरण अनुसार नै बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उपचारमा लागेको रकम निकासा गराउने निर्णय लिएको हो।

मधेसी मोर्चाले केही दिन अघि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर संविधान जारी पश्चात मधेसमा भएको आन्दोलनमा परी ज्यान गुमाएका थप १६ जनालाई सहिद घोषणा तथा घाइतेहरुको उपचारमा लागेको झन्डै डेढ करोड रुपैयाँ उपलब्ध गराउन ध्यानाकर्षसहितको माग पत्र बुझाएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.